स्वास्थ्य व्यवस्थापन समितिमा परेनन् दलित महिला


प्रकाशित मिति :2017-11-13 14:50:42

–महिला खबर–

काठमाडौं । पर्साको सखुवा प्रसौनि गाउँपालिका –५ मा रहेको महुवन स्वास्थ्य चौकीको स्वास्थ्य व्यवस्थापन कमिटीमा दलितलाई प्रतिनिधित्व नगरेको भन्दै दलित अधिकारकर्मीहरुले विरोध गरेका छन् ।

स्वास्थ्य चौकीको गत शुक्रबार व्यवस्थापन कमिटी गठन गरिएको थियो । ७ सदस्यीय व्यवस्थापन कमिटीमा एक जना पनि दलित परेका छैनन् ।

स्थानीय तहमा निर्वाचित दलित महिला संगितादेवी रामले जानकारी विना नै व्यवस्थापन समिति गठन गरिएको भन्दै आपत्ति जनाईन् ।
उनले भनिन् – ‘दलित महिला एक जना पनि परेका छैनन् । दलितको प्रतिनिधित्व नहुँदा दलित महिलाका स्वास्थ्य समस्यालाई उठाउन हुन सक्दैनन् ।’

जिल्लामा आधा जनसंख्या दलित समुदायको रहेपनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा दलितलाई प्राथमिकता नदिनु लाजमर्दो रहेको दलित अधिकारकर्मी गणेश महराले बताए ।

‘स्वास्थ्य व्यवस्थापन कमिटी त गठन गरे तर दलित महिला र पुरुषलाई सहभागि गराइएन्’– उनले भने । महराले दलित समुदाय र महिलालाई पछाडि पार्ने काम भएको बताए । स्थानीय तहको निर्वाचनमा एक दलित महिला सहित ३ जना दलित निर्वाचित भएका थिए ।

वडा सदस्य रामवालक रामले स्वास्थ्य व्यवस्थापन समितिमा एक जना पनि दलित नपरेकै कारण विरोध जनाएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: