मेरो जित सुनिश्चित छ – अष्टलक्ष्मी शाक्य


प्रकाशित मिति :2017-11-13 15:59:08

–महिला खबर–

काठमाडौं । मंसिर २१ गते हुन प्रदेशसभा सदस्यको चुनावमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (बोहरा) काठमाडौं क्षेत्र नं. ८ को ‘ख’ प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी छिन् ।

यो क्षेत्रमा शाक्यसगैँ नेपाली काँग्रेसका शाक्यदेव रत्न डंगोल, केशव प्रसाद गौतम देशभक्त जनगणतान्त्रिक मोर्चा, बलराम खड्का स्वतन्त्र, प्रकाश रिमाल राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगल रत्न ताम्राकार संघीय समाजवादी फोरम, नेपाल, श्याम कृष्ण श्रेष्ठ विवेकशील साझा पार्टी, रुपा महर्जन नयाँ शक्ति पार्टी, सुष्मा श्रेष्ठ (छन्त्याल)नेपाल कम्युनिष्ट पार्टी (माले), वन्दना महर्जन नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनता पार्टी नेपालका प्रतिमा शाही शाक्यको प्रतिस्पर्धामा छन् ।

उम्मेदवार शाक्यले आफ्नो जित सुनिश्चित भएकाले यी मध्ये कोही पनि आफ्नो प्रतिस्पर्धी नभएको बताईन् ।  उनले भनिन् – ‘चुनाव हो, सबै उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । तर अहिलेसम्म हेर्दा मेरो प्रतिस्पर्धी देखेकै छैन’ ।

आफू मन्त्री र सांसद हुँदा आफ्नो क्षेत्रमा गरेको काम जनताले देखेको भन्दै आफ्नो जित सुनिश्चत भएको बताइन् ।  ‘म जित्छु भन्नेमा ढुक्क छु । मेरो जित्ने आधार धेरै छ । त्यसैले पनि मेरो जित सुुनिश्चित छ । जनता जागरुक छन्, त्यसकारणले मैले नै जित्छु ’–शाक्यले भनिन् ।
चुनाव खर्चिलो भएकै कारण महिलालाई प्रचार–प्रसारमा समस्या हुने गरेको उनको भनाई छ ।

शाक्यले भनिन्, –‘खर्चिलो चुनावी प्रचारप्रसारका कारण महिलालाई धेरै गाह्रो छ । प्रचारप्रसार कमिटीले उम्मेदवार महिलाहरुसँग ५०÷६० लाख मागि रहेको र उम्मेदवारी नै फिर्ता गर्छु भन्नेसम्म केही महिला पुगेका छन्’ ।

राजनीतिक दलहरुमा प्रत्यक्षमा महिलाले जित्दैनन् भन्ने मानसिकता रहेको उनले बताइन् ।  शाक्यले क्षेत्र नम्बर ८ ‘ख’ भित्र पर्ने नागर्जुन नगरपालिका र १५ वडाका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा अगाडी बढाइरहेको बताइन् ।

उनले भनिन् –‘पानीको समस्याका कारण थप कामको बोध महिलामाथि आएको छ । त्यसकारण मेरो पहिलो काम पानीको समस्या समाधान गर्ने हुनेछ ।

उनले महिलाको नाममा उद्योग दर्ता गराएर आर्थिक सशक्तिकरणमा जोड दिने बताइन् । ‘घरेलु साना उद्योग स्थापना गरेर आत्मनिर्भर बनाउने कामलाई व्यापक रुपमा लैजानेछु । महिला आत्मनिर्भर भएमा आत्मविश्वास बढ्छ । त्यसले सिंगो देशको अर्थतन्त्रलाई टेवा पु¥याउँछ ।’ शाक्यले भनिन् ।

शाक्यले प्रदेश नम्बर ३ को क्षेत्र नम्बर ८ लाई महिलामैत्री बनाउने बताईन् । ‘मेरो क्षेत्रमा सामाजिक न्याय स्थापना गर्न, हिंसा रोक्न विभिन्न कार्यक्रम गर्न, घरपरिवारबाटै महिलालाई सम्मानको व्यवहार होस् भनी जागरुक बनाउने, छोराछोरीलाई समान शिक्षामा पहुँच पु¥याउन पहल गर्न, महिलालाई गर्न सम्मान र इज्जत वातावरण सिर्जना गर्न अभियान चलाउने शाक्यले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: