हिंसामा पर्नुभयो, डायल गर्नुहोस् ११४५


प्रकाशित मिति :2017-11-14 12:01:10

–महिला खबर–

काठमाडौं । के तपाई हिंसामा पर्नुभएको छ ? पर्नुभएको छ भने अबदेखि तपाईले निःशुल्क रुपमा उजुरी दिन सक्नुहुनेछ ।
राष्ट्रिय मानव अधिकार आयोगले हिंसा पीडित महिला र बालिकाको उजुरी सुन्न २४ घण्टा सेवा दिन लागेको हो । आयोगले विश्व बैंकको आर्थिक सहयोगमा हेल्पलाइनको शुल्क नलाग्ने नम्बर ११४५ बाट २४ घण्टा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो । यो सेवा आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।

परियोजना प्रबन्धक पलिता थापाले यसका लागि आयोगले हेल्पलाइन सञ्चालन निर्देशिक समेत बनाएको बताइन् । हेल्पलाइनमार्फत आयोगले उजुरी सुन्ने, तत्काल उद्दार गर्ने, परामर्श दिने र पुनस्र्थापना गर्नेछ ।

थापाले अब महिला हिंसामा परेमा उजुरीका लागि आयोग धाउन नपरोस, पीडकलाई छिटो कारबाही गर्ने उद्देश्यले निःशुल्क उजुरी सेवा ल्याइएको बताइन् । यस्तै आयोगले हिंसाका उजुरीलाई छिटोछरितो र सहज बनाउनका लागि एप सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

पछिल्लो समय सार्वजनिक स्थानहरुमा महिला एवम् बालबालिकामाथि हुने हिंसा बढ्दो छ । सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने हिंसा कम गर्न भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ‘सेफ्टी पिन अभियान’ समेत सञ्चालनमा ल्याएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: