मधुमेहबाट जोखिममा महिला


प्रकाशित मिति :2017-11-14 14:49:21

–सन्दिप वि.क –

काठमाडौं । लमजुङ सदरमुकाम बेसिशहर बस्दै आएकी ४५ वर्षीय शोभा परियारलाई मधुमेह भएको झण्डै आठ वर्ष भयो । मधुमेह समस्याकै कारण विगत ८ वर्षदेखि परियारले औषधी खादै आएकी छिन् ।

पिसाव लागेको लागै हुने, मुख सुक्खा हुन्थ्यो, थकाइ लाग्ने, हात खुट्टा झमझमाउने समस्या भयो । उपचारका लागि काठमाडौंसम्म धाए पनि रोग पत्ता नलागेको परियार बताउँछिन् ।  ‘सदरमुकाम बेसिशहरकै एउटा मेडिकल पुगे । त्यहाँ मधुमेह अर्थात् चिनी रोग लागेको छ भनेर औषधी दियो । अहिले सम्म औषधी खाइराखेको छु’– उनले भनिन् ।  परियारले अहिले दैनिक ३ पटक औषधी खान्छिन् । आठवर्षदेखि उसिनेको चामलको भात खादै आएको उनी बताउछिन् ।

शोभा जस्तै काठमाडौंको अनामनगर घट्टेकुलो बस्दै आएकी ४१ वर्षीय कुरुणा केसीलाई छिनछिनमा पिसाव लाग्ने, तिर्खा लाग्ने, भोक लाग्ने समस्या देखिएपछि काठमाडौंको सिभिल अस्पताल पुगिन् । अस्पतालका डाक्टरले उनलाई मधुमेहको लक्षण भएको बताए । डाक्टरले औषधी खान आग्रह गरेपनि औषधीको प्रयोग भने नगरेको उनले बताइन् ।  उनले भनिन् –औषधी खाएको त छैन् तर उसिनेको चामल र कम काबोहाइड्रेटयुक्त खाना खाएको छु ।’

शोभा र कुरुणा जस्तै अहिले धेरै महिलाहरु मधुमेह रोगबाट ग्रसित छन् । विश्वमा मधुमेहकै कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने स्वास्थ्यकर्मी बताउँछन् ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १ सय ९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । प्रत्येक पाँच मध्ये दुईजना महिला प्रजनन उमेर समूह अन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारण मध्ये नवौँ कारण पर्दछ ।

मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशीले मधुमेह महिला र पुरुष जोसुकैलाई हुने भएपनि महिलाहरु बढी जोखिममा रहेको बताए ।
उनले भने, –‘महिलामा चेतनाको कमिकै कारण जोखिम बढी छ । महिलाहरु स्वास्थ्यप्रति ध्यान नदिनु नै मुख्य कारण हो । ’
उनले ७ गर्भवती महिलामध्ये १ जनामा मधुमेहको समस्या देखिने बताए । ‘महिलाहरुमा गर्भावस्थामा रगतमा ग्लुकोजको मात्रा बढ्ने हुँदा मधुमेहको समस्या देखिन्छ । गर्भावस्थामा हुने मधुमेहले गर्भावस्था र प्रसुती अवस्थामा जटिलता हुने जोखिम बढाउँछ’– डा. जोशीले बताए ।

छिटो छिटो पिसाब लागिरहनु, थकाई महशुस भईरहनु, छिटो छिटो भोक लाग्नु, अकस्मात तौल घट्नु, छिटो छिटो भोक तिर्खा लाग्नु, आँखा धमिलो देख्नु, हात र खुट्टा झमझमाउनु लगायत मधुमेह रोगको लक्षणका रुपमा लिन सकिन्छ ।
डा. जोशीले मधुमेहबाट जोगिन सन्तुलित भोजन, व्यायम, तनाव व्यवस्थापन र नियमित औषधी सेवनका साथै सचेतनाको आवश्यकता रहेको बताए ।

नेपालमा पनि यस वर्ष विश्व मधुमेह दिवस ‘महिला र मधुमेहः स्वस्थ भविष्य हाम्रो अधिकार’ भन्ने नाराका साथ मनाइदैँछ ।  नेपालमा अहिले नौ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान छ । जसमा अधिकांश महिलाहरु रहेका छन् ।  विश्व स्वास्थ्य संघका अनुसार विश्वमा प्रत्येक १० सेकेण्डमा एकजना व्यक्ति मधुमेहको बिरामी बन्ने गरेका छन् भने एकजना भन्दा बढीको मधुमेहजन्य रोगको समस्याकै कारण मृत्यु हुने गरेको छ । विश्व मधुमेह महासंघका अनुसार सन् २०१५ मा विश्वभरमा ५० लाख मानिसको मधुमेह रोगका कारण मृत्यु भएको थियो ।

खानपानमा ध्यान नदिदा पछिल्लो समय मधुमेहबाट बढी ग्रसित छन् । नेपालमा खासगरी सबैभन्दा बढी असर मोटोपना भएका र शारीरिक व्यायाम कम गर्नेहरूमा मधुमेह देखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: