विश्वमै सबैभन्दा धेरै ५१ प्रतिशत भारतिय महिलामा रक्तअल्पता


प्रकाशित मिति :2017-11-14 13:16:28

भारतमा महिलाको स्वास्थ्यले गम्भिर पोषण चुनौति सामना गरीरहेको छ । देशको एकातर्फ विश्वमै सबैभन्दा धेरै महिलामा रक्तअल्पता छ भने अर्को तर्फ मोटोपनसंग सम्बन्धीत रोग सामना गर्दैछन जुन महिलाहरुमा तिब्र गतिमा बढ्दैछ ।

विश्वव्यापी पोषण प्रतिवेदन २०१७ को नतिजाको तालिकामा भारत सबैभन्दा पुछारमा छ जहाँ विश्वकै सबैभन्दा धेरै महिलाहरुमा रक्तअल्पता छ । इन्डियापछि चिन, पाकिस्तान नाइजेरिया र इन्डोनेशिया छन् । तथ्यांक अनुसार इन्डियामा आधा भन्दा बढि (५१%) प्रजनन् उमेरका महिलाहरुमा रक्तअल्पता छ जबकी पाँच मध्ये एक (२२%) प्रौढ महिलामा मोटोपना छ ।

प्रतिवेदनले गत वर्ष जेनेभामा भएको विश्व स्वास्थ्य सम्मेलनमा तय गरिएका लक्ष्यहरुका विरुद्व १ सय ४० देशको अवस्था विश्लेषण ग¥यो ।

भारतले यसलाई सम्बोधन गर्ने काममा कुनै प्रगति गरेको छैन जबकी त्यहाँ धेरै खाडलहरु छन्, विज्ञहरु भन्छन सरकारले महिलामा हुने रक्तअल्पता र अल्पपोषणको समस्यालाई बुझ्न शुरु गरेको छ । प्रतिवेदनमा जोड दिएको छ की प्रजनन् उमेरका रक्तअल्पता भएका महिलाहरुको प्रतिशत र प्रौढ मोटोपना र मधुमेह घटाउने लक्ष्यको सन्दर्भमा देशले खराब नतिजा प्रस्तुत गर्दछ ।

सन् २०१६ को प्रतिवेदनले झन्डै ४८% इन्डियन महिलामा रक्तअल्पता भएको देखायो ।

भारत सरकारले बुझ्दैछकी देशले पोषणमा निष्कृयता धान्न सक्दैन तर अगाडीको बाटो लामो हुँदै गइरहेको छ । विश्वव्यापी पोषण प्रतिवेदन २०१७ ले अल्पपोषण र मोटोपनाको दोहोरो बोझलाई इन्डियाको राष्ट्रिय पोषण रणनीतिको एउटा पाटोको रुपमा समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

‘अल्पविकाशका लागि विशेष गरी असमानताको खाडल बन्द गर्न ठूलो प्रयासको जरुरत छ ।’ अन्तराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थाको दक्षिण एशिया कार्यालय नयाँ दिल्लीकी वरिष्ठ अनुसन्धाता पूर्णिमा मेनन्ले भनिन् ।

चिकित्सकहरु भन्छन् इन्डियामा अल्पपोषण मात्रै उच्च रक्त अल्पताको बोझको कारण होइन । ‘पोषणले मात्र समस्यालाई सम्बोधन गर्न सक्दैन । कम सरसफाइ रक्तअल्पताको एउटा मुख्य कारक हो किनभने यसले पोषणको अवशोषणलाई रोक्दछ ।’ फोर्टिस इस्र्कट्स हस्पिटलकी प्रसुति तथा स्त्री रोग बिभागकी वरिष्ठ सल्लाहकार चिकित्सक इन्दु तनेजाले भनिन् ।

जनचेतनाको कमी, अशिक्षा, र हेरविचारमा आफू भन्दा पहिले परिवारलाई राख्ने प्रचलनले इन्डियामा प्रायजसो महिलालाई सहि पोषण प्राप्त गर्न र आफ्नो हेरचाह गर्नबाट रोक्दछ, जस्ले रक्तअल्पतातर्फ डो¥याउछ, चिकित्सक तनेजा भन्छिन् ।

‘कुनै बेला यसको असर गम्भिर हुन सक्छ विशेष गरी बच्चा जन्माउने उमेरका महिलामा ’ उनले भनिन् । प्रजनन् उमेरका महिलामा हुने रक्तअल्पताले धेरैजसो आमा र बच्चाको स्वास्थ्यमा समस्या निम्त्याउछ । तब ती महिलाहरु संक्रमणको खतरामा हुन्छन र गर्भावस्थामा रगतनै दिनुपर्ने हुनसक्छ । यस्ता महिलाबाट जन्मेका बच्चाहरु अल्पविकसित र कम्जोर रोग प्रतिरोधात्मक क्षमताका हुन्छन ।

जे भए पनि प्रतिवेदनले इंगित गर्छ की रक्तअल्पता विश्वव्यापी मुद्घा हो जसबाट उच्च आयस्रोत भएका देशका महिलाहरु पनि पीडित छन् । प्रतिवेदनले फ्रान्स र स्विट्जरल्याण्ड जस्ता देशहरुमा पनि (झण्डै १८%) व्याप्त रहेको देखाउछ ।

विश्वव्यापी रुपमा १५–४९ बर्षका छ सय चौध लाख महिलाहरु रक्तअल्पताबाट प्रभावित भएका थिए ।

प्रतिवेदनले कुपोषणका तीन महत्वपूर्ण स्वरुपहरुका उल्लेखनिय बोझहरु जुन फराकिलो प्रवृत्तिका सुचकको रुपमा प्रयोग भएका छन् –बाल्यावस्थाको विकासमा रोकावट, प्रजनन् उमेरका महिलाहरुमा रक्तअल्पता र प्रौढ महिलाहरुमा मोटोपना ।

पछिल्लो तथ्यांकले देखाउछकी इन्डियामा ५ बर्ष मुनिका ३८% बालबालिकाहरु बृद्विमा रोकावटबाट र ५ वर्ष मुनिकै २१% बालबालिकाहरु कम तौल वा एकदमै कम तौल भएका भनेर परिचित छन् यसको मतलब उनीहरुको उचाई अनुसारको तौल छैन ।

प्रतिवेदनले देखाएको छ कि अध्ययन गरिएका अधिकांश देशहरुले (८८%) ले दुई वा तीन प्रकारका कुपोषणको बोझ सामना गरिरहेका छन् । यसले यो प्रकाश पार्दछ कि यो बोझले फराकीलोे विश्वव्यापी विकास प्रयासमा हानिकारक प्रभाव पारिरहेको छ ।
साभारः बिबिसि

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: