सर्मिला बुढाथोकी
दोलखा । लैगिंक सरोकार समन्वय समिति दोलखाको बैठकले महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख मिना पौड्यालको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्थित महिलाको क्षेत्रमा काम गरी रहेका विभिन्न संघ सस्थाको सहकार्यमा दिवसको पहिलो दिन मंसिर ९ गते विभिन्न स्थानमा चेतनामूलक ब्यानर राख्ने, सेतो रिवन वितरण गर्ने, दिवसको सातौं दिन सदरमुकाम चरिकोटमा दिप प्रज्वलन गर्ने, मंसिर २० गते जनप्रतिनिधि, सरोकारवाला निकाय तथा हिंसा प्रभावित महिलाहरुसंग महिला हिंसा रोकथामको विषयमा छलफल गर्ने निर्णय गरेको छ ।
Comment Here!