दुई लाख बालबालिकालाई जुकाको औषधी खुवाइदै


प्रकाशित मिति :2017-11-15 10:22:17

-महिला खबर-

कपिलवस्तु । आगामी मंसिर ४ र ५ गते कपिलवस्तुका सामुदायिक विद्यालयका दुई लाख बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने भएको छ ।

जिल्लाको चन्द्रौटामा पहिलो पटक आयोजित नगरस्तरीय विद्यालय तथा स्वास्थ्य सम्पर्क समन्वय बैठकमा सो कुराको जानकारी गराइएको हो । कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेनले स्थानीय तहमा गरिने कार्यक्रमबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा शिवराज, महराजगञ्ज, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका अन्तर्गत कालिकाको कार्यक्षेत्रका १ सय ३९ विद्यालयका बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने तयारी गरिएको कालिका स्वावलम्बन केन्द्र चन्द्रौटाका संयोजक अजय चौधरीले जानकारी दिए ।

सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीहरुको स्वास्थ्य र शिक्षालाई लक्षित गरी जुकाको औषधी खुवाउन लागिएको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: