–महिला खबर–
कालिकोट । छायाँनाथ रारा नगरपालिका १० जिउलाकी २२ वर्षीया सरस्वती नेपाली मंगलबार दिउँसो बाटौमै सुत्केरी भएकी छन् । सुत्केरी व्यथाले च्यापेपछि हिँडेर जिल्ला अस्पताल जादैँ गर्दा बाटोमा सुत्केरी भएकी हुन् । घरमा कोही नभएको र सुत्केरी व्यथाले च्यापेपछि एक्लै हिँडेर जिल्ला अस्पताल जादैँ गर्दा श्रीनगरघाटस्थित बाटोमै उनले छोरा जन्माइकी हुन् ।
सरस्वती बाटोमा सुत्केरी भएको देखेपछि घाट प्राविका प्रधानाध्यापक गगनबहादुर शाही स्थानीयलाई फोन गरेका थिए ।
‘सरस्वती बाटोमा सुत्केरी भएको देखेपछि मैले फोन गरेर स्थानीयलाई खबर गरे । स्थानीयले स्टेचरमा राखेर सुत्केरीलाई जिल्ला अस्पताल पु¥याएका थिए ।’ प्रधानाध्यापक शाहीले भने । सरस्वती र उनको बच्चाको अवस्था सामान्य रहेको जिल्ला अस्पतालका डा. डबल मल्लले बताए ।
Comment Here!