हेभीवेटसँग प्रतिस्पर्धामा एक्ली सुबुना


प्रकाशित मिति :2017-11-15 14:22:01

–महिला खबर–

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट विवेकशील साझा पार्टीले प्रत्यक्षमा सुबुना बस्नेतलाई उठाएको छ ।  २६ वर्षीय सुबुना यतिबेला मतदाताको भोट आफ्नो पोल्टोमा पार्ने घरदैलो कार्यक्रममा व्यस्त छिन् । बस्नेत काडमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिने एक्ली महिला हुन् ।

यो क्षेत्रमा २० पुरुषको उम्मेदवार उनका प्रतिस्पर्धी छन् । कांग्रेसका नेता तथा मन्त्री समेत भैसकेका गगनथापा र बामगठबन्धनका राजन भट्टराई पनि यस क्षेत्रका बलिया उम्मेदवार भएका कारण दुवै जनासंग उनको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।  ‘अन्य पुरुष उम्मेदवार भन्दा म आफूलाई कमजोर ठान्दिन । मेरो नेतृत्व अन्य पुरुष प्रतिस्पर्धीको भन्दा कम छैन् । म मा उत्तिकै क्षमता, जोस जागर छ । म पढेको छु । मैले आफ्नो जिम्मेवारी परिवार, समाजमा उतीकै निर्वाह गरेको छु’ –उनले भनिन् ।

आफ्नो क्षेत्रका मतदाताले आफूलाई रुचाएको भन्दै आफ्नो जित सुनिश्चित भएको उनले बताइन् ।  उनले भनिन् –‘यहाँका बाबुआमा, वृद्धावृद्धा, महिलाहरुले मलाई रुचाइ राख्नुभएको छ । विशेष गरेर महिला दिदी बहिनीहरुले आफ्नै प्रतिविम्ब देखेको जस्तो महशुस गर्नुभएको छ ।’

घरदैलो अभियानमा जाँदा अझ बढी हौसला मतदाताबाट मिलेको उनी बताउछिन् । ‘यहाँका महिलाहरुले आफू घर मात्र चलाएको भन्दै मलाई देश चलाउन हौसला दिएका छन् । अबका छोरीहरुले हामीले जसरी दुःख पाउनुहुँदैन भन्दै यहाँका महिलाहरुले ममाथि आशा र विश्वास राख्नुभएको छ । यहाँका मतदाताले मेरो चुनावी अभियानमा सहयोग र मेरो उम्मेदवारीलाई स्वागत गरिराख्नुभएको छ’–बस्नेतले भनिन् ।
चुनाव जितेमा आफ्नो क्षेत्र र देशकै लागि उदाहरणीय काम गर्ने उनी बताउछिन् ।

उनले भनिन् –‘खासगरी यो मेरोे क्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य,शिक्षा लगायतका समस्या प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर यसको निर्माणमा भईराखेको भ्रष्टचार अन्त्य गरि चुस्त दुरुस्त गर्ने सोच बनाएको छु ।’

उनले काठमाडौं क्षेत्र सांस्कृतिक हिसाबले महत्वपूर्ण क्षेत्र भएको भन्दै पशुपतिदेखि लिएर नारायणहिटी दरबार, मैतिदेवि लगायत धेरै कुराले विविधता रहेको हुँदा साँस्कृतिक क्षेत्रको उत्थान, संरक्षण, पर्यटकीय विकास र प्रवद्र्धन गर्न पहल गर्न बताईन् ।

सरसफाई लगायतका विषयमा यहाँका स्थानीय सरकार र नगरपालिकासँग समन्वय,स्थानीय रोजगारी प्रवद्र्धन, मुर्ति बनाउने कामलाई प्रोत्साहन र प्रवद्र्धन जस्ता कामहरु गर्न बस्नेत बताउछिन् ।  बस्नेतले संसद विकास कोषको रकमबाट आफ्नो क्षेत्रको विकास गर्ने प्रतिबद्धता मतदाताबिच गरेको बताईन् ।

यस्तै उनले नेपालको स्वास्थ्य, शिक्षा, रोजगार, यातायात लगायतका क्षेत्रमा आम जनताको पहुँच बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।  उनले भनिन् –‘उद्यमशिलताको लहर ल्याएर विदेशिएका युवाहरुलाई नेपाल फर्काउने मेरो एजेण्डामा छ । भ्रष्टचार नियन्त्रण मेरो प्रमुख एजेण्डा हो ।

उनले वैदेशिक रोजगारीमा जाने महिलाहरुमा असुरक्षा बढेको भन्दै यसलाई सशक्त ढंगले उठाउने बताइन् । उनले भनिन् –‘देशभित्र महिलाको सुरक्षाको विषयलाई पनि उठाइराखेको छु । विशेष गरेर राजधानिभित्रै पनि राति ८ बजेपछि महिलाहरु सुरक्षित महशुस गर्ने अवस्था छैन् । त्यसलाई हामीले सशक्त ढंगले लाग्नुपर्छ भन्ने हो । अर्को मेरो क्षेत्रमा महिलाको अवस्था दयानिय नै छ । मैतीदेवि देखि अन्य क्षेत्रमा, अझ नेवारी बस्तीमा पनि महिलाहरु केही नै केही रुपमा पछाडि परेका छन् । उनीहरुलाई सशक्त बनाउन मेरो भूमिका रहनेछ ।’

बीस पुरुषसँग प्रतिष्पर्धा

काठमाडौं क्षेत्र नम्बर ४ मा उनले बीस पुरुषसंग प्रतिस्पर्धा गर्दैछिन् । वीर बहादुर श्रेष्ठ जनप्रजातान्त्रिक पार्टी, हरि पराजुलि स्वतन्त्र, रविन्द्र देव ढकाल स्वतन्त्र, नवराज थापा स्वतन्त्र,सोनाम सि तामाङ नेपाल संघीय समाजवादी पार्टी, देवी प्रसाद आचार्य नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), तुलसी राम शिवाकोटी नयाँ शक्ति पार्टी, चेत बहादुर आले राष्ट्रिय जनमुक्ति पार्टी उनीका प्रतिस्पर्धी हुन् ।

यस्तै मनोज कुमार दंगाल स्वतन्त्र, राजन भट्टराइ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आशिष श्रेष्ठ स्वतन्त्र, केशर बहादुर खडका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी), मुस्कान पौडेल मुस्कान सेना नेपाल, गगन कुमार थापा नेपाली काँग्रेस, गोवर्धन खड्का नेपाल कम्युनिष्ट पार्टी (माले), कृष्ण मान श्रेष्ठ नेपाल मजदुर किसान पार्टी, यम बहादुर पयाङ्गु संघीय समाजवादी फोरम, माधव के.सी. स्वतन्त्र, हरि शरण आचार्य पुरुष राष्ट्रिय जनता पार्टी नेपाल,  हाम्रो पार्टीका दिप विक्रम विष्ट उनीका प्रतिस्पर्धी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: