यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ


समाचार प्रभाव

प्रकाशित मिति :2017-11-15 14:43:17

–यमुना खनाल–

सिराहा । आफनै बिद्यालयकी छात्रालाई यौन दुर्व्यवहार  गरेकेा आरोपामा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको जनता माध्यमिक विद्यालय गोलबजार ८ चोहर्बाका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ हो ।

पक्राउ परेका शिक्षक महतोलाई जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक राजन भेट्वालले बताए ।

बालिकाले आफूलाई शिक्षकले यौन दुर्व्यवहार गरेको अभिभावकलाई बताएपछि सोमबार परिवारले विद्यालयमा उजुरी दिएका थिए ।

उजुरीपछि (मंगलबार) बिहानैदेखि स्थानीय बुद्धिजिवी, जनप्रतिनिधि, विद्यालयका प्र.अ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी टोलीले घटना मिलाउन छलफल गरेका थिए ।

प्रहरी र जनप्रतिनिधिकै रोहबरमा घटना मिलाउन खोजेपछि महिला खबर लगायत अन्य स्थानीय सञ्चार माध्यममा समाचार आएपछि जिल्ला प्रहरी कार्यालय सिराहाले ईलाका प्रहरी कार्यालय गोलबजारलाई शिक्षक महतोलाई पक्राउ गर्न भनेपछि उनीलाई पक्राउ गरेको हो ।

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कार्वाहीको माग गर्दै मंगलबार स्थानीयले चक्का जाम समेत गरेका थिए ।
यो पनि हेर्नुहोस्

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: