महिला तस्करीको नयाँ रुप–विश्व स्वास्थ्य संगठनको रिपोर्ट बोकेर २ जना महिला केन्या पुगेर फर्किए


प्रकाशित मिति :2017-11-16 11:38:23

-लक्ष्मण खनाल-

कुवेतमा रोजगारीको लागि भिषा आएको भन्दै भारतको बाटो हुँदै अफ्रिकी मुलुक केन्या पुगेर फिर्ता आएका २ नेपाली महिलाहरुलाई युएई स्थित शारजाह विमानस्थलबाट उद्दार गरी नेपाल पठाइएको छ । सुनसरीकी चन्द्रकुमारी विक र सिन्धुपाल्चोककी माया तामाङ्गलाई युएईबाट उद्दार गरी नेपाल पठाइएको हो । महिला उद्दारमा भुमिका निभाएका दिपिका भण्डारी र एलिनले उनीहरुलाई अलपत्र अवस्थामा शारजाह विमानस्थलमा भेटेका थिइन् । पासपोर्ट पनि साथमा नभएको अवस्थामा भेटिएका उनीहरुलाई एअरपोर्टमा पासपोर्ट खोजी नेपाल फिर्तीको टिकट बनाएर नेपाल पठाइएको हो ।

धरानका राजन भनिने दलाल मार्फत भारत पुगेका उनीहरुलाई युएईको भिजिट भिषा बनाएर युएई हुँदै केन्या पु¥याइएको थियो । भारतमा रहेर दलाली गर्ने बंगलादेशी मुलका केदार भनिने एक व्यक्तिले उनीहरुको सबै कागजात तयार गरेका थिए । उनीहरु केन्या विमानस्थलमा पुगे लगतै त्याहाँको स्थानिय पुलिसले उनीहरुलाई कब्जामा लिएको बताउछन् । केन्या पुलिसले एक दिन जेल राखेर भोली पल्ट उनीहलाई पुनः युएई फिर्ता पठाएको थियो । भन्छन्–‘केन्या पुगेपछि मात्र हामीलाई थाहा भयो हामी त दलालमार्फत ठगिएका रहेछौ । विना भिजा नक्कली कागज बनाएर हामीलाई अलपत्र परियो । एक दिन जेलमा घर सम्झेर रुँदै बस्यौ ।’

शारजाह विमानस्थलमा आएपछि उनीहरुको पासपोर्ट विमानस्थल प्रशासनले लिएको थियो । बैदेशिक रोजगारीको लागि कुवेत पुगेर पैसा कमाउने सपना बोकेर आएका उनीहरु शारजाह विमानस्थलमा दिपिकासँग भेटिएपछि आफ्नो वास्तविकता बताएका थिए । दिपिका भण्डारी र एलिनको पहलमा नेपाल फिर्तिको टिकट बनाएर बुधवार साँझ ४ बजेको उडान मार्फत नेपाल फर्किएका उनीहरु दलालको विरुद्धमा उजुरी दिने बताए । आफुहरुलाई दलालले फकाएर मिठा मिठा सपना देखाएका कारण आफ्नो घर परिवारसँग झगडा गरेर बैदेशिक रोजगारीको लागि आएको उनीहरुको गुनासो छ ।

विश्व स्वास्थ्य संगठनको परिचय पत्रको आडमा तस्करी

केन्या पुगेर फर्किएका सुनसरीकी चन्द्रकुमारी विक र सिन्धुपाल्चोककी माया तामाङ्गलाई दलालले विश्व स्वास्थ्य संठनको परिचय पत्र दिएर झुट बोल्न लागाएको उनीहरु बताउछन् । शारजाहमा अलपत्र अवस्थामा भेटिएका उनीसँग विश्व स्वास्थ्य संगठनको परिचय पत्र पनि रहेको छ । तर त्यो सक्कली हो या नक्कली यकिन भने हुन सकेको छैन ।

उनीहलाई भारतमा रहेको केदार भनिने दलालले आवश्यक परेको ठाँउमा कसैले सोध्यो भने भ्याक्सिन (सुइ) लगाउनको लागि केन्या हिँडेको ८ तारिक भ्याक्सिन लगाउने समय रहेको भनेर झुट बोल्न लगाएको र सोही अनुसार दिल्ली विमानस्थल र युएई विमानस्थलमा उनीहरुले झुट बोलेका थिए । झुट बोलेकै आधारमा केन्या विमानस्थलमा उनीहरुलाई प्रहरीले पक्रिएको थियो ।

यसरी विभिन्न नक्कली कागजात बनाएर विभिन्न देशमा सञ्जाल बनाएर महिला तस्करी गर्दै आइरहेका दलालहरुले विश्व स्वास्थ्य संगठनको परिचय पत्रको आडमा तस्करी गरेको खुल्न आएको छ ।

साभार : नयाँपत्रिका

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: