-सर्मिला बुढाथोकी–
दोलखा । इकार्डस दोलखा र प्लान इन्टरनेशनलको साझेदारीमा सञ्चालित जीविकोपार्जन कार्यक्रम अन्तर्गत मेलुङका विपन्न महिलाहरुको लागि बंगुर पालन तालिम सुरु भएको छ ।
सदरमुकाम चरिकोटमा बुधवारबाट सुरु भएको तालिममा मेलुङ गाँउपालिकाका नौ जना विपन्न महिलाहरुको सहभागिता रहेको इकार्डस दोलखाले जनाएको छ ।
तालिममा जिल्ला पशु सेवा कार्यलय दोलखाका पशु चिकित्सक डा. रामचन्द्र सापकोटाले प्रशिक्षण दिई रहनुभएको इकार्डस दोलखाका कार्यक्रम संयोजक सन्तोष दहालले जानकारी दिए ।
तीन दिनसम्म चल्ने तालिममा बंगुर पालन गर्ने तरिका, बंगुरलाई विभिन्न रोगबाट बचाउने उपाय, दाना खुवाउने तरिका लगायतका विषयमा जानकारी दिइने कार्यक्रम संयोजक दहालले बताए ।
Comment Here!