हिंसा प्रभावित महिलाका लागि सेफ हाउस


प्रकाशित मिति :2017-11-17 15:17:14

–महिला खबर–

सुनसरी । इटहरीमा हिंसा प्रभावित महिलाहरुका लागि लक्षित गर्दै सुरक्षित बास (सेफ हाउस) सञ्चालन गरिने भएको छ । इटहरी उपमहानगरले हिंसा प्रभावित महिलाहरुका लागि सेफ हाउस सञ्चालन गर्न लागेको लागेको हो ।

इटहरी उपमहानगरकी प्रवक्ता उपमेयर लक्ष्मी गौतमले अलपत्र परेका, जोखिम र हिंसामा परेका, ७ बर्ष मुनिका बालबालिका र जेष्ठ नागरिकका लागि सेफ हाउस सञ्चालनमा ल्याइने बताइन् ।  अहिले सुनसरीको इनरुवामा मात्र सेफ हाउस छ । एउटा मात्र सेफ हाउस हुँदा थप हिंसा प्रभावितलाई राख्न समस्या भइरहेकाले इटहरी उपमहानगरले सेफ हाउस सञ्चालन गर्न लागिएको गौतमले बताइन् ।

हिंसा प्रभावितलाई सेफहाउसमा एक हप्तासम्म राखिने र आफन्तको खोजी गरि जिम्मा लगाउने र न्यायको पहुँच सम्म पु¥याउने, मनोविमर्ष समेत दिनेछ ।  सेफ हाउस सञ्चालनका लागि निर्वाचित पाँच जना जनप्रतिनिधि महिला सदस्य रहेको व्यवस्थापन समिति समेत बनाइएको छ ।

उपमहानगरका सामाजिक विकास अधिकृत सदस्य, सचिव र उपमेयर संरक्षक हुने ब्यवस्था मिलाइएको छ । सेफ हाउस संचालनका लागि कार्यविधि तयार भइरहेको उपमेयर गौतमको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: