मदिरा निषेध गर्ने अभियानमा आमाहरु


प्रकाशित मिति :2017-11-18 10:00:11

–सर्मिला बुढाथोकी –

दोलखा । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ५ की कमला खड्का अहिले गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउने अभियानको अगुवाई गर्दैछिन् ।

मदिराका कारण गाउँमा धेरै समस्या आउन थालेपछि स्थानीय जनजागरण आमा समुहले शैलुङ गाउँपालिका वडा नम्बर ५ काटाकुटीलाई मदिरा निषेधित गाउँ घोषणा गरिसकेका छन् । उनीहरुले चेतनामूलक अभियान समेत सुरु गरेका छन् । यो अभियानलाई शैलुङ गाउँपालिका वडा नम्बर ५ ले पनि साथ दिएको छ ।

‘झण्डै १० हजार रुपैँया मुल्य पर्ने खसी रक्सी खानकै लागि श्रीमानले २६ सयमा बेचिदिएछन्,’ घरखर्च जोहका लागि पालेको खसी श्रीमानले आफुखुशी बचेपछि अभियानमा लागेको कमलाले बताइन् ।

रक्सी खाएर परिवारलाई दुःख दिएका आफ्ना श्रीमानजस्तै गाउँका धेरै युवाहरुलाई यो कुलतबाट मुक्त पार्नका लागि कमलाले अहिले गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउन जनजागरण आमा समुहको अभियानमा अगुवाई गरेकी छिन् ।

रक्सी नखादा राम्रो व्यवहार गरेपनि रक्सी खान थालेपछि घरमा झगडा पर्छ कमलाले भनिन् । ‘नुन तेल खाने पैसा हुँदैन, श्रीमानलाई रक्सी खान पाँए अरु केही चाहिँदैन । घरेलु हिंसा र विपन्नताको एउटा कारण रक्सी हो भन्ने लागेपछि म अहिले यो अभियानमा सक्रिय छु, खड्काले भनिन् ।

वडा नम्बर ५ काटाकुटीकै मिठू खड्काले श्रीमानको अत्याचार सहन नसकेर केही समय अघि घर नै छाड्न बाध्य भइन्,  स्थानीय जनजागरण आमा समुहकी अध्यक्ष सानु कार्कीले भनिन् –’ घरका भाडाकुँडा समेत बेचेर रक्सी खाने श्रीमानले दैनिक शारीरिक यातना दिने गरेपछि मिठूले श्रीमान नै त्याग्न पुगिन् ।

मिठूका श्रीमानले रक्सी खानका लागि ८ हजार रुपैँया मुल्य पर्ने तामाको खड्कुलो र गाग्री १३ सयमा विक्री गरेको थाहा पाएपछि आमा समूहले जफत समेत गरेको अध्यक्ष कार्कीले बताईन् । उनले मदिराजन्य पदार्थले धेरै महिलाहरु हिंसामा परेपछि अहिले मदिरा निषेधित वडा घोषणा गरेका गरेको बताइन् ।

वडालाई मदिरा निषेधित घोषणा गरेपछि आमा समूहले मदिराजन्य पदार्थ बिक्रिवितरण गर्नेलाई १० हजार रुपैँया जरिवाना र मदिरा सेवन गर्नेलाई ५ हजार रुपैँया जरिवाना समेत तोकेको अध्यक्ष कार्कीको भनाई छ ।

दैनिकजस्तो रक्सी खाएर हो हल्ला गर्ने, महिलामाथि कुटपिट गर्ने, छोराछोरीको पढाईमा समस्या हुने, छरछिमेकमा झैँझगडा गर्ने जस्ता समस्या आएपछि अहिले मदिरा विक्रिवितरण गर्न बन्द गर्ने अभियानलाई शंसक्त रुपमा अगाडि बढाइएको अध्यक्ष कार्कीको भनाई छ ।

मदिरा जन्य पदार्थ विक्री वितरण नगर्न अनुरोध गर्दा केही मानिसले आफुलाई धम्की दिदँै गालिगलौज गरेको भएपनि सकारात्मक कामको लागी पछि नहट्ने अध्यक्ष कार्कीले बताइन् ।

जनजागरण आमा समुहको नेतृत्वमा सुरु भएको मदिराजन्य पदार्थ मुक्त वडा घोषणा गर्ने अभियानमा इलाका प्रहरी कार्यालय लाम्चे आहाल, स्थानीय राजनीतिक दल, शिखर जनजागृति समुह लगायतले साथ दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: