–महिला खबर–
काठमाडौं । पर्साको देवरवानामा भएको बलात्कार घटनाको स्थलगत अनुगमनका लागी मानव अधिकारकर्मीको टोली देवरवान पुगेको छ ।
स्वतन्त्र मानवअधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्णकुमार खनालको नेतृत्वमा गएको टोलीले पीडित पक्ष, प्रहरी प्रशासनका प्रमुख, सखुवा प्रसौनी गाउँपालिकाका प्रमख प्रदीप जयसवाल लगायतलाई भेट गरि घटनाको वस्तुस्थिती बुझेको थियो ।
भेटघाटको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले एक हप्ता भित्रै वलात्कारको मुख्य अभियुक्तलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
गत कात्तिक ११ गते देवरवाना वडा ४ निवासी एक १६ वर्षिय किशोरी माथी मन्सुर अन्सारी र मुख्तार अन्सारीले बलात्कार गरेको पीडित पक्षले किटानी जाहेरी दिएको भएपनि प्रहरीले हाल सम्म दोषिलाई पक्राउ गर्न नसकेको भन्दै पीडित पक्ष आक्रोशीत भएको छ । अनुगमन टोलिमा समाजका कोषाध्यक्ष लालबाबु सिंह, हरेन्द्र पटेल, नन्दि किशोर यादप, दिपक साह कान’, समाजसेवी मुकेश सरावगी लगायतको सहभागिता रहेको थियो ।
Comment Here!