‘महिला अधिकारका लागि मेरो उम्मेदवारी’ – वजियम


प्रकाशित मिति :2017-11-19 12:38:56

–महिला खबर–

काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा खोटाङको क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी सरस्वती वजियम उम्मेदवारी हुन् ।

जिल्लामा १८ पुरुष उम्मेदवारहरुका बीचमा सरस्वती एक्लो महिला उम्मेदवार हुन् । निर्वाचन आउन ७ दिन बाँकी रहँदा मतदाताको मन जित्ने चुनावी एजेण्डा लिएर घरदैलोमा कार्यक्रममा व्यस्थ छिन् वजियम ।
वजियमले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने र नेपाललाई समृद्ध, शान्ति, अमनचयर राख्ने मुख्य चुनावी एजेण्डा लिएकी छिन् ।

वजियमले हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत सहभागिता गराउन, महिलाका मुद्धालाई अगाडी बढाउने बताइन् ।
उनले भनिन् –‘हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सुनिश्चित गर्ने भनेपनि लागू नहुँदा महिलाको हक, अधिकारको सुनिश्चित हुन सकेको छैन ।’

उनले खोटाङ जिल्ला सधैँ कम्यिुनिष्टहरुले जितेको जिल्ला भएको भन्दै विकास निर्माणमा पछि परेकोले आफूले जितेमा समृद्ध विकासको लागि काम गर्ने बताइन् ।

वजियमले महिलाहरुमाथि हिंसाका घटनाहरु बढेको भन्दै हिंसा न्युनिकरण गर्न आफ्नो विशेष योजना रहने बताइन् ।
उनले भनिन् –‘अहिले जनप्रतिनिधि आइसकेपनि महिलाहरुको दिनदहाडै हत्या हुने गरेका छन् । महिला अझैँ सुरक्षित छैनन् । ’

वजियमले चुनावी अभियानका क्रममा महिलाहरुको समस्यालाई राम्रोसँग बुझेको भन्दै महिलाको क्षेत्रमा विकास गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन् –‘महिलाहरु अघि बढ्न कठिन परिस्थिती देखेको छु । उनीहरुलाई अघि बढाउन घरपरिवारका सदस्यको विशेष साथ चाहिन्छ । तर हाम्रो देश पुरुषप्रदान छ । महिलाहरुलाई हेर्ने दृष्ट्रिकोण अहिलेपनि राम्रो छैन् । त्यसैले महिलाहरुलाई समाजमा हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न महिलाहरुको समृद्धि विकास गर्न आजको आवश्यकता हो । ’

उनले आफूले चुनाव जित्ने आधार प्रशस्त भएको बताइन् । आफू लोकतान्त्रिक पार्टीको उम्मेदवार भएकै कारण पनि आफूले चुनाव जित्ने बताइन् । खोटाङको विकासकागि आफ्नो जित आवश्यक रहेको उनले बताइन् ।
उनले भनिन् –‘महिलाहरु सम्पन्न छन् । महिलाहरु पनि केहि गर्न सक्छन् । महिला दिदी बहिनीहरुलाई मसमुह बनाएर तपाई अगाडी बढ्न आग्रह गर्छु ।’

वजियमले महिलाहरुलाई सक्षम हुन आग्रह गरिन् । हामी आर्थिक स्तरमा अगाडी बढ्यौ भने अगाडी बढ्न सक्छौ ।
आगामी दिनमा राजनीतिक, सामाजिक क्षेत्रमा महिलालाई आउने सजिलो हुनेछ । महिलाको क्षेत्रमा परिवर्तन गरेर महिलालाई अगाडी बढाउने उनले प्रतिवद्धता जनाइन् ।

महिलाको अधिकारको लागि आफूले उम्मेदवार दिएको वजियमले बताइन् ।  उनले आफू सभाषद हुँदा आफ्नो क्षेत्रमा धेरै विकास निर्माणका काम भएको बताइन् । उनले भनिन् –‘मैले यो क्षेत्रमा धेरै काम गरेको छु । यो सडक, विद्युत, सिँचाई, खानेपानी लगायतका विकासका पूर्वाधार निर्माण भएका छन् । कति निर्माण हुने क्रममा छन् ।

उनले महिलालाई आत्मनिर्भर बनाउनकै लागि कुटानिपिसानीका लागि मिल सञ्चाल गरेको बताइन् ।  वजियमले आफु वि.स २०५९ सालदेखि महिलाका अधिकारका विषयमा लड्दै आएको बताइन् ।

महिला एकजुट भएर आफुलाई विजयी गराउँदै गर्दा नीति निर्माणको तहमा आफुले महिलाको कुरालाई पहिलो प्रथामिकता राख्ने बताइन् ।  गत माघ २६ लिच्किराम्चे गाविस वडा नम्बर ८ घर भएकी वर्ष १७ की रीता तामाङको हत्या भएको झण्डै एक वर्ष वितिसक्दा पनि सत्य तथ्य पक्ता नलाग्नु र दोषीको खोजी नहुनुले महिलाहरुको अधिकार अझैपनि गाउँघरमा नआएको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: