शोकमा प्रचण्ड परिवारः आमा सीताको स्वास्थ्यमा समस्या, पत्नी बिना र सिर्जना भाव विह्वल


राष्ट्रपतिद्वारा प्रचण्डसँग भेट

प्रकाशित मिति :2017-11-19 12:51:57

-महिला खबर-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएपछि परिवार शोकमा डुबेको छ ।

अचेत अवस्थामा बिहान ५ बजेतिर अस्पताल लगिएका प्रकाशको ३६ वर्षको अल्पायुमै निधन भएको हो । हिजो बेलुका सामान्य ज्वरो आएको परिवारले बताएको र बिहान सबेरै आफ्नै कोठामा बेहोस् अवस्थामा भेटिएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो ।  तर अस्पतालले उहाँको मृत्यु भइसकेको बताए पनि औपचारिक जानकारी भने ढिला गरी गराएको हो ।

प्रकाशको निधनपछि निर्वाचन प्रचारका क्रममा झापा पुग्नु भएका बुबा प्रचण्डलगायत काठमाडौं बाहिर रहेका प्रकाश पत्नी बिना, दिदी रेणु र परिवारका अन्य सदस्यहरु काठमाडौं आएका छन् । त्यसका साथै कतिपय दलका शीर्ष नेताहरु पनि प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिन काठमाडौं आएका छन् ।

प्रकाश अध्यक्ष प्रचण्डका एक मात्र छोरा हुन् । यसभन्दा झण्डै ४ वर्षअघि प्रकाशकी दिदी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो । ४ वर्षको बीचमा दुई सन्तान गुमाएका प्रचण्ड र पत्नी सीतालाई असह्य शोक परेको छ ।
प्रकाशको निधन भएपछि आमा सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोली प्रचण्ड निवास लाजिम्पाटमै पुगेको थियो ।

यस्तै पतिको निधनको खबरले मर्माहत भएकी पत्नी बिना मगर पनि कंचनपुरबाट नर्भिक अस्पताल आइपुगेकी छन् ।

उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष उम्मेदवार छिन् । कञ्चनपुरबाट बिहान ११ बजेतिर अस्पतालमा आउँदा उनी भावविह्वल अवस्थामा थिइन् ।  यस्तै प्रकाश दाहाल निधनको खवरले जेठी श्रीमती श्रृजना त्रिपाठी बेहोस भएकी छन् । श्रीमान दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस भएकी हुन् । उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । माओवादी केन्द्रीय सदस्यसमेत रहेका प्रकाशको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने माओवादीले जनाएको छ ।

                                                                                                                                                                  फोटोः दिल निशानी

राष्ट्रपतिद्वारा प्रचण्डसँग भेट

राष्ट्रपति विद्यादेवी भण्डारीले पुत्रशोकमा परेका माओवादी अध्यक्ष प्रचण्डलाई भेट गरेकी छिन् । प्रचण्ड झापाबाट आउने बित्तिकै उनकै निवास लाजिम्पाट पुगेर राष्ट्रपति भण्डारीले गहिरो दुःख व्यक्त गर्दै समवेदन प्रकट गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: