बझाङ र बैतडीमा बालविवाह कायमै


अभिभावक र आफ्नै चाहनाले हुन्छ बालविवाह

प्रकाशित मिति :2017-11-19 14:28:09

-महिला खबर-

काठमाडौं । बझाङ र बैतडीमा अभिभावकको स्वीकृती र आफ्नै चाहनाले किशोर–किशोरीहरू विवाह बन्धनमा बाँधिने गरेको बताइएको छ । बालविवाह न्यूनिकरणका लागि क्रियाशील किशोरी समूह र सामाजिक अभियन्ताहरूले बझाङ र बैतडीमा बालविवाह कायमै रहेको बताएका हुन् ।

‘किशोर–किशोरी भए दक्ष, बन्छ देशको भविष्य’ भन्ने मूल नाराका साथ सञ्चारिका समूहले बझाङ र बैतडीमा आयोजना गरेको बालविवाह न्यूनिकरणका लागि अभिमूखिकरण कार्यक्रमका सहभागिहरूले बालविवाह अन्त्य हुन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

गरिवी, अशिक्षा, चेतनाको अभाव र कानुनी ज्ञानको कमीले गर्दा जिल्लामा बालविवाह कायमै रहेको उनीहरूले बताए ।
यूएनएफपीए र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा बालविवाह न्यूनिकरणका लागि क्रियाशील किशोर-किशोरी, सामाजिक अभियन्ता र पत्रकारहरूको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: