चुनाव प्रचार–प्रसारमा बालबालिकाको प्रयोग नगर्न ध्यानकर्षण


प्रकाशित मिति :2017-11-19 14:51:54

-रमेश रावल –

कालिकोट । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा राजनीतिक दलहरुले चुनावी आमसभा र प्रचार–प्रसारका क्रममा बालबालिकाहरुलाई प्रयोग गरिएको भन्दै नागरिक समाजले चासो देखाएको छ ।

शनिबार बिहान बसेको नागरिक समाजको बैठकले चुनावमा बालबालिका प्रयोग गरेर साँस्कृतिक कार्यक्रम देखाउने, सभा जुलुश र र्यालीमा बालबालिका प्रयोग हुने गरेको पाइएकोले राजनीतिक दल र निर्वाचन कार्यालयलाई ध्यानआकर्षण समेत गराउने नागरिक समाजले जनाएको छ ।

आसन्न चुनावमा प्रचारप्रसार सभा जुलुश र साँस्कृतिक कार्यक्रममा बालबालिकालाई प्रयोग नगर्न र निर्वाचन आचारसंहिताको कार्यान्वयन गर्नका लागि ध्यानआकर्षण गर्ने निर्णय गरिएको नागरिक समाज कालिकोटका अध्यक्ष दमनराज बमले बताए ।
‘निर्वाचनमा बालबालिका प्रयोग गरेको पाइएको छ ।’ उनले भने,–‘सरोकारवाला निकायले त्यसमा ध्यान दिनै पर्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: