क्यान्सर पीडित बुबालाई बचाइदिन छोरीको अपिल


प्रकाशित मिति :2017-11-19 15:26:01

–महिला खबर–

सुनसरी । दमक नगरपालिका २ डाकिनीकी १५ वर्षीय कल्पना कार्कीले क्यान्सरबाट पीडित आफ्नो बुबालाई बचाइदिन आग्रह गरेकी छन् ।

उनका बुबा ४५ वर्षीय ज्ञानेन्द्रबहादुर कार्कीको विगत २ वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।
घरमा काेही नभएकाे र बुबाको हेरचाह गर्नेपर्ने भएको कारणले पनि विद्यालय जान समेत नसकेको उनले बताइन् ।

कल्पनाका बुवा कानको क्यान्सरबाट पीडित छन् । ‘सानैमा आमाले छोडेर जानुभयो । आमाको माया कस्तो हुन्छ, मलाई थाहा छैन । अहिले बुबाको यो अवस्था छ । घरमा बिहान बेलुकाको छाक टार्न पनि धौँधौँ छ ।’–कल्पनाले भनिन् ।

बुबाको उपचारका लागि घरमा भएको जायजेथा समेत बेच्दापनि बुबाको उपचार खर्च जुटाउन नसेपछि आर्थिक सहयोगको लागि अपिल गरेको उनले बताइन् ।  स्थानीय ढुकुरपानी माविमा कक्षा ९ मा पढ्दा पढ्दै बुबा बिरामी भएपछि कल्पनाले स्कुल छाड्न बाध्य भइन् ।

आफुसँग भएको सम्पति र आफन्तले दिएको सापट पैँसाबाट बुबाको उपचार गराउँदै आएको र अब आफुसँग पनि पैसा नभएकाले उपचारमा समस्या भएको उनले बताइन् ।

स्थानीय साना सहयोगी नामक संस्थाका विष्णु भटटराईले कल्पनाका बुबाको उपचारमा सहयोगका लागि सबैसँग अपिल गरेका छन् । उनले देउसीभैँलो खेलेको १० हजार रुपैँया र २ क्वीटल चामल सहयोग गरिएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: