एक वर्षमा २ सय बढी बालअधिकार हननका घटना


प्रकाशित मिति :2017-11-20 17:24:18

– महिला खबर –

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा २ सय ५१ वटा बालअधिकार हनन् भएको केन्द्रीय बालकल्याण समितिले जनाइएको छ ।

विश्व बालअधिकार दिवसको अवसरमा केन्द्रीय बालकल्याण समितिले नेपालमा बालबालिकाको स्थिति २०७४ नामक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

समितिको आ.व २०७३-७४ को प्रतिवेदनमा साउनदेखि कार्तिकसम्म ८७ वटा बालअधिकार हनन्का घटना घटेका थिए जसबाट १ सय २६ बालबालिका प्रभावित भए । यस्तै मंसिरदेखि फागुन सम्म ७२ वटा बालअधिकारका घटना घटेकोमा १ सय १७ बालकालिका प्रभावित भएका छन् ।

चैतदेखि असारसम्म ९५ वटा घटना घटेकोमा १ सय ६९ बालकालिका प्रभावित भएका छन् । ४ सय १२ जना पीडित बालबालिकामध्ये १ सय ७२ जना बालक ९३० प्रतिशत० र २ सय ४० जना बालिका ९७० प्रतिशत० रहेका छन् ।

नेपालमा बालअधिकार उल्लङघनका घटना बढ्दो छ । अझ बालिकाहरु पछिल्लो समय बलात्कारको शिकार हुन बाध्ये छन् । यस्तै कति बालबालिकाहरुबालश्रम, कुपोषण, शारीरिक दण्ड सजाय, ओसारपसार अपहरणमा पर्ने गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगमा आर्थिक वर्ष २०७३-०७४ मा बालअधिकार हनन्का १४ वटा उजुरी दर्ता भएको थियो ।
जसमा विद्यालयमा शारीरिक सजाय दिइएको, शिक्षाको अधिकारबाट बन्चित भएको, विद्यालय तथा इँटाभट्टामा मृत्यु भएको र स्वास्थ्य सम्बन्धी घटना रहेका छन् ।

नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धिपत्रहरुमा निशर्त अनुमोदन गरेर बालअधिकार प्रतिको प्रतिवद्धता जाहेर गरिसकेको छ । तर पनि नेपालमा बालअधिकार हनन्का घटनामा बढीरहेका छन् ।
नेपालको संविधानले नै बालअधिकार सुनिश्चित गरिसकेको छ । संविधानको धारा ३९ मा बालबालिका सम्बन्धी हकको व्यवस्था गरेको छ । उपधार ९१० मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनिएको छ । उपधारा ९२० प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ । उपधार ९३० मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।

यस्तै उपधार ९४०मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन । ९५० मा कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन । ९६० कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।

उपधार ९७० कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन । ९८० प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ । ९९० असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ भनिएको छ ।
तर नेपालमा संविधानमा बालअधिकारका विषयलाई समेटिएपनि व्यवहारमा भने लागू हुन सकेको छैन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: