बलात्कार र यौन हिंसाका घटनालाई सम्बोधन गर्न माग


प्रकाशित मिति :2017-11-21 10:54:41

-महिला खबर –

काठमाडौं । शान्ति सम्झौता भएको लामो समय भइसक्दा पनि द्वन्द्वमा पीडित र प्रभावित भएका महिलाले न्याय नपाएको भन्दै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिकहरुको छानबिन गर्न गठित आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

द्वन्द्वमा पीडित र प्रभावित भएका महिलाले सोमबार आयोगका पदाधिकारीहरुलाई छुट्टाछुट्टै भेटी ज्ञापनपत्र बुझाएका हुन् ।  मूलुकमा भएको १० वर्ष लामो शसस्त्र द्वन्द्वमा पीडित र प्रभावित भएका महिलाले दुबै आयोगका पदाधिकारीहरु समक्ष “द्वन्द्व पीडित तथा प्रभावित महिला र बालिका केन्द्रीत परिपूरण तथा न्यायका लागि नीति सुझाब” पेश गरेका छन् ।

द स्टोरी किचेनको संयोजनमा दुवै आयोगको कार्यालय पुगेका द्वन्द्व प्रभावित महिलाहरुले द्वन्द्वकालमा भएका बलात्कार र यौन हिंसाका घटनालाई प्रमुख प्राथमिकता र संवेदनशिलताका साथ सम्बोधन गर्नुपर्ने माग राखे ।

भेटघाट कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले आयोग महिला, बालबालिका, यौन हिंसा र बलात्कारका घटनाहरुप्रति बढी संवेदनशील भएको बताए । उनले भने, हामी “पीडितको गोपनीयता र र सुरक्षाप्रति संवेदनशील छौं ।” अध्यक्ष गुरुङले अनुसन्धान प्रक्रिया सुरु भइरहेको बताउँदै अनुसन्धान प्रक्रियालाई गोप्य र सुरक्षित बनाएको जानकारी दिए ।

ऐनमा भएका कमी कमजोरीलाई संसोधन गर्न सरकारलाई घच्घचाएको बताउँदै विभिन्न कारणले आयोगको काममा ढिलाई भएको बताए ।

आयोगका वरिष्ठ सदस्य लिला उदासी खनाल र सदस्य मञ्चला झा ले आयोग द्वन्द्वका बेला र त्यसकै कारण त्यसपछि महिलाले भोगेका समस्याप्रति गम्भीर भएको बताउँदै महिलाका विषयमा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

यौन हिंसा र बलात्कारका विषयलाई राहतका कार्यक्रमले अझै नसमेटेका कारण यी विषयलाई जतिसक्दो छिटो अध्ययन गरेर परिपुरणका लागि सिफारिस गर्ने बताए ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगका सदस्य बिजुल वि.क. दुलालले ज्ञापनपत्र र नीति सुझावमा प्रस्तुत गरिएका कुराहरुलाई गम्भीरताका साथ लिएर परिपूरणको सिफारिसमा संलग्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अयोगका सदस्य तथा प्रवक्ता प्रा. डा. विष्णु पाठकले परिवारका सदस्य बेपत्ता हुँदा त्यसको असर स्वयं महिला र उनीहरुका सन्तानमा परेकाले त्यसप्रति आयोग संवेदनशिल भएको बताइन् ।  भेटघाट कार्यक्रममा द स्टोरी किचेनकी अध्यक्ष जया लुईंटेलले पित्तृसत्तात्मक राजनीतिक र सामाजिक व्यवस्थाका कारण सशस्त्र द्वन्द्वका बखत र त्यसकै कारण महिलाले भोग्नु परेको पीडाको प्रकृति र गहिराई फरक भएकाले न्याय र परिपुरण महिला र बालिका केन्द्रीत हुनुपर्नेमा आयोगका पदाधिकारीहरुको ध्यानाकर्षण गराएकी थिइन् ।

दुवै आयोगका पदाधिकारीहरुलाई भेट्न जुम्ला, कालिकोट, सुर्खेत, बाँके र कञ्चनपुरका द्वन्द्व प्रभावित महिलाहरुको जिल्ला सञ्जालबाट आएका १५ जना द्वन्द्व प्रभावित महिलाहरु दुवै आयोगको कार्यालय पुगेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: