–महिला खबर–
सिन्धुपाल्चोक । यही मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा जिल्लामा ३७ महिला मतदान अधिकृत रहने भएका छन् ।
कुल २ सय ८५ मतदान केन्द्र रहेको सिन्धुपाल्चोकमा ३७ केन्द्रको मतदान अधिकृतमा महिला रहने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । जसअन्तरगत ७८ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ‘क’ मा सबैभन्दा बढी १२ महिला मतदान अधिकृत रहेका छन् ।
यस्तै ६५ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्वर २ को प्रदेशसभा ‘क’ मा सवैभन्दा कम ७ जना महिला मतदान अधिकृत खटिनेछन् ।
त्यस्तै ७२ मतदान केन्द्र रहेको क्षेत्र नम्वर १ को प्रदेशसभा ‘ख’ मा ९ र ७० मतदान केन्द्र रहेको क्षेत्र नम्वर २ को प्रदेशसभा ‘ख’ मा ९ जना महिला मतदान अधिकृत रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
Comment Here!