संसारको कठिन पर्वतारोहण गर्ने पहिलो महिला


प्रकाशित मिति :2017-11-21 15:02:16

एन्जेला इतर संसारको कठिन ढुंंगे आरोहण मध्ये पर्ने एउटा पहाडी बाटो सफलताका साथ चढ्ने पहिलो महिला भएकी छिन् ।
महिला पर्वतारोहीहरुले “ए+” मार्गहरू चढिसकेका छन् । तर स्पेनस्थित ला प्लान्टा डे शीवाको मार्ग झन् कठिन छ ।
३१ वर्षीया एन्जेलाले आफ्नो देश अष्ट्रियामा दैनिक अभ्यासको लागि र पछि चढ्नु पर्ने कठिन मार्गमा आउने भौगोलिक चुनौतीहरुलाई ध्यानमा राखेर ढुंंगे पर्खालको निर्माण गरेकी थिइन् । त्यहाँ उनले प्रशिक्षण पनि लिइरहेकी थिइन् ।

‘जब मैले चढ्नका लागि तयारी गरेर पहाडको पाखामा अकुंश लगाएँ मैले सोचेको थिइन कि म कुनै इतिहास बनाउन गइरहेको छ’ । तर मैलेपछि सामाजिक संजालमा प्रतिक्रियाहरु हेरेपछि थाहा पाएँ मैले विश्वको पर्वतारोही समुदायको लागि ठूलो योगदान पु¥याएछ’– एन्जेलाले बिबिसीको भिडियो रिपोर्टमा भनेकी छन् ।
‘मलाई पहिले डर लागेको थियो किन भने जम्मा दुईजना पुरुषले मात्र यो जोखिमपूर्ण यात्रा सफलतापूर्वक गरेका थिए । यो यात्रा मेरो लागि एउटा चुनौती थियो । यो पर्वतारोहणले मेरा कमीकमजोरीहरु मलाई देखायो । म धेरै धेरै खुशी छु कि म यो आरोहण पूरा गर्न सफल भएँ’– उनले भनिन् ।
साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: