बझाङका महिला उम्मेदवार भन्छन्ः हाम्रो जित सुनिश्चित छ


प्रकाशित मिति :2017-11-21 15:56:21

-डीबी विष्ट-

बझाङ । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बझाङमा तीन जना महिला मात्रै उम्मेदवार छन् ।

प्रदेश सभा निर्वाचनका लागी वाम गठबन्धनले देवकी मल्ल, लोकतान्त्रिक गठबन्धनले चन्द्रा जोशी र प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा पार्टीले कल्पना भण्डारीलाई उठाएको छ ।

प्रदेश क (१) मा नेपाली कांग्रेसकी महिला नेता एवम् निवर्तमान सांसद चन्द्रा जोशीको प्रतिस्पर्धा नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष अजुर्न थापासंग छ । जोशी यस अघि पार्टीको समानुपातिक कोटाबाट सभासद चुनिएकी थिइन् ।

देवकी मल्ल

 

प्रदेश ख(२) मा नेकपा माओवादी केन्द्रकी देवकी मल्लका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता तथा पुर्व राज्य मन्त्री नरेस बहादुर सिंह छन् । माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष रहेकी मल्ल पार्टीको केन्द्रिय सदस्य समेत हुन ।

यस्तै राष्ट्रिय जनमोर्चा पार्टीबाट प्रतिनिधि सभाका लागि कल्पना भण्डारीले कांग्रेस नेता पृथ्वी बहादुर सिंह र वाम गठबन्धनका उम्मेदवार एमालेका केन्द्रिय सदस्य भैरब बहादुर सिंहसंग प्रतिस्पर्धा गर्दैछिन् ।

तीनै जना महिला उम्मेदवारले आफ्ना प्रतिस्पर्धी जति बलिया भएपनि आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।
द्वन्द्वकालदेखि नै प्रत्येक जनतासंगको आत्मियता र निरन्तर जिल्लामा बसेर जनताको काम गरेको अनुभव जस्ता धेरै आफ्ना जित्ने आधार रहेको बताउछिन् माओवादी केन्दबाट प्रदेश ‘ख’ की उम्मेदवार देवकी मल्ल ।

‘मेरा प्रतिस्पर्धी म भन्दा पाको हुनुहुन्छ होला, राजनीतिक इतिहास अगाडी होला । तर जनस्तरमा मेरो पनि आफ्नै खालको छवी छ । मैले जित्छु भन्ने म ढुक्क छु’ मल्लले भनिन् ।

प्रदेश ख उनका प्रतिस्पर्धी नरेश बहादुर सिंह २०५६ र २०७० सालको निर्वाचनमा विजयी भएका थिए ।

सिंहको पकड क्षेत्र मानिएको प्रदेश ख मा प्रतिस्पर्धा त्यती सजिलो त नहोला नी भन्ने जिज्ञासामा मल्लले भनिन् ‘जनताको मतले चुनाव जित्ने हो । त्यसको लागि मन जितेको हुनुपर्छ । कसले जनताको मन जितेको छ भन्ने कुरा चुनावपछि थाहा भैहाल्छ ।’

चन्द्रा जोशी

त्यस्तै प्रदेश ‘क’ को लागि कांग्रेसबाट उम्मेदवार बनेकी चन्द्रा जोशीले पनि आफूलाई जनताको लोकप्रिय मत प्राप्त हुने दाबी गरिन् । ‘मेरो कसैसंग प्रतिस्पर्धा छैन । यहाँका जनताले मसँग आशा गरेका छन् । त्यही मेरो जित्ने आधार हो’ जोशीले भनिन् ।

निमार्ण व्यवसायी तथा कांग्रेस नेता समेत रहेका श्रीमान वेदप्रकास जोशीको तत्कालिन विद्रोही माओवादीले हत्या गरेपछि उनी राजनीतिमा लागेकी थिइन् ।

पहिलो पटक प्रत्यक्षको उम्मेदवार बनेकी जोशीले आफूलाई जनताले जिताउने विश्वास रहेको बताइन् ।

‘महिलाले पनि राजनीति गर्न सक्छन र जित्न पनि सक्छन् । महिलाले प्रत्यक्षमा चुनाव लड्नु अन्य महिलाहरूका लागि पनि प्रेरणा हो’ जोशीले भनिन् ।

यस्तै राष्ट्रिय जनमोर्चा पार्टीबाट प्रतिनिधि सभाका लागी उम्मेदवार कल्पना भण्डारीले पनी आफ्नो जीत सुनिश्चित भएको बताईन् ।

महिला हक अधिकारका लागि आफूले उम्मेदवारी दिएको भन्दै उनले बझाङमा महिला उम्मेदवार बढी भएकाले पनि आफूलाई भोट आउनेमा विश्वस्त रहेको बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: