-महिला खबर-
काठमाडौं । ‘सबैका लागि दिगो उर्जा’ सञ्चारकर्मीका लागि सचेतना कार्यक्रम मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।
ग्रामीण प्रविधि केन्द्र(सिआरटी),सामुदायिक उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र नेपाल वातावरण पत्रकार समूहको संयुक्त आयोजनामा भएको दुई दिने कार्यक्रममा सिन्धुली,धादिङ,सोलुखुम्बु र काठमाडौंका १५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उर्जामा महिलाको पहुँच,उर्जाले महिलाको जिवनस्तर उकास्न खेलेको भूमिका, नेपालमा उर्जाको अवस्था,उर्जाका स्रोत जस्ता विषयमा छलफल भएको थियो ।
Comment Here!