दोलखाका महिला मतदाता उम्मेदवारसँग के चाहन्छन् ?


प्रकाशित मिति :2017-11-22 10:37:35

सर्मिला बुढाथोकी\महिला खबर

दोलखा । दोलखाका ग्रामीण क्षेत्रमा रहेका महिला मतदाताहरूले महिलाको मत चाहिने उम्मेदवारहरूलाई महिलाका मुद्दा सम्बोधन गर्न माग गरेका छन् । राजनीतिक दल र उम्मेदवारले महिलाको अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने, वालविवाह नियन्त्रणको लागि काम गर्नु पर्ने, छोरीलाई अनिर्वाय रुपमा विद्यालय पठाउने व्यवस्था गर्नु पर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने कुरालाई प्राथामीकता दिनुपर्ने बताएका छन् ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीकी तुलसा थामीले महिलाको पक्षमा विभिन्न कानुन बनेको र अधिकारहरू पनि धेरै रहेको कुरा सुनिदै आएको भए पनि ग्रामीण महिलाले त्यसको उपभोग गर्न नपाएको बताइन् । उनले महिलाको पक्षमा रहेका ऐन कानुन कार्यान्वयन गर्न दल तथा उम्मेदवारले व्यवहारिक योजना ल्याउनुपर्ने बताइन् ।

‘महिलाको पक्षमा धेरै अधिकार छ भनिन्छ, तर खै हाम्रा दुःख अलिकता पनि घटेको छैन’ उनले गुनासो गर्दै भनिन् । महिला अधिकार सम्बन्धि ऐन कानुनको व्यवहारिक कार्यान्वयन नै अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै तुलसा भन्छिन् ‘महिलालाई सशक्त र सचेत बनाउन छोरीलाई पनि अनिर्वाय स्कूल पठाउने कुरालाई सरकारले प्राथामिकता दिनुपर्छ ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीकी सष्टिका श्रेष्ठ रोजगारीको अभावले धेरै युवा युवतीहरू विदेशीन बाध्य भइरहेको बताइन् । स्वदेशमै रहेका युवाहरू कुलतमा लाग्दा महिला हिंसा, घरेलु हिंसा जस्ता घट्ना बढ्दै गएको उल्लेख गर्दै राजनीतिक दल र उम्मेदवारहरूले ग्रामीण क्षेत्रमा रोजगारीमुलक व्यवसाय सञ्चालन गर्ने कुरालाई जोड दिनु पर्ने उनी बताउछिन् । सडक निर्माणमा मजदुरी गर्ने सष्टिका ग्रामीण क्षेत्रमा रोजगारमुलक साना उद्योगहरू सञ्चालन भए महिलाले जोखिमपूर्ण मजदुरी गर्नु नपर्ने बताउँछिन् ।

सडक निर्माणमा व्यस्त महिला मतदाता देवी र सष्टिका

सष्टिकासँगै सडक निर्माणमा मजदुरी गर्ने देवी विश्वकर्मा पनि ग्रामीण क्षेत्रमा साना उद्योग सञ्चालन गर्ने, छोरीलाई अनिवार्य स्कूल पठाउने व्यवस्था गर्ने र महिला अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने कुरालाई उम्मेदवारले प्राथामीकता दिनुपर्ने बताउँछिन् । उनले दोलखा जिल्लामा बालविवाह बढ्दै गएको र त्यसले घरेलु हिंसालाई बल मिलेकोले यसको अन्त्यको लागि उम्मेदवार तथा राजनीतिक दलले अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।

दोलखामा पुरुषको तुलनामा महिला मतदाता बढी छन् । १ लाख ४७ हजार ९ सय २३ मतदाता रहेको दोलखामा ७४ हजार ४५ जना महिला र ७३ हजार ८ सय ७८ जना पुरुष मतदाता छन् । जिल्लामा महिला मतदाता बढी भए पनि दलहरूले महिलाको लागि विशेष कार्यक्रम ल्याउन नसकेको महिला मतदाताहरूको गुनासो छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाकी बुद्धिमाया थामीले दलहरूले महिला अधिकारको विषयलाई प्राथामीकतामा राख्न नसकेको गुनासो गरिन् ।

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभाको लागि वाम गठबन्धन, नेपाली काँग्रेस, अन्य साना राजनीतिक दल र स्वतन्त्र गरी ३८ जनाले उम्मेदवारी दिएका छन् । त्यसमा नयाँ शक्ति नेपाल र संघिय समाजवादी फोरमका उम्मेदवारहरू एमालेमा प्रवेश गरेकोले उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता भएको घोषणा गरेका छन् । दोलखामा उम्मेदवारी दिएका दलहरूमध्य वाम गठबन्धनलेमात्र जिल्ला स्तरमा घोषणापत्र सार्वजनिक गरेको छ ।

वाम गठबन्धनको घोषणापत्रमा युवा रोजगार शिर्षकमा अर्थोपार्जनमा महिलाको सहभागितामा वृद्धिको निम्ति महिला व्यवसाय, कामदार र महिलाद्वारा व्यवस्थापन गरिने उद्यम व्यवसायलाई विशेष प्रोत्साहनमुखी कार्यक्रम संचालनमा ल्याइने भन्ने उल्लेख गरिएको भएपनि त्यो औपचारिकताको लागिमात्र समावेश गरेको देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: