-महिला खबर-
सिराहा । सिराहाको कन्यानपुर नगरपालिकामा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहारि गरि हत्या गरेका छन् ।
आज बिहान ४ बजेतिर कल्यानपुर नगरपालिका ६ निवासी मोहमद अलि राइनले खुकुरी प्रहार गरि ३० वर्षीया श्रीमती समिला खातुनको हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।
घरायसी विवादमा राइनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी सिराहाले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते खातुनको उपचारका लागि कर्जन्हा लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बर्जाचार्यले बताए ।
बर्जाचार्यका अनुसार श्रीमतीको हत्या गर्ने राइन पmरार छन् । घटना बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
Comment Here!