महिला उम्मेदवार नहुँदा चुनावी उत्साह भएन


प्रकाशित मिति :2017-11-22 12:28:39

यमुना खनाल\महिला खबर

सिराहा । प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा सिराहाबाट प्रत्यक्ष तर्फ महिला उम्मेदवार नभएकाले चुनावी उत्साह नभएको सिराहाका महिला उम्मेदवारले बताएका छन् ।

प्रदेश र प्रतिनीधिसभाको निर्वाचनमा महिलाहरूलाई प्रत्यक्ष तर्फ दलहरूले टिकट दिएका छैनन् ।

जिल्लामा कुल मतदाता ३ लाख ४४ हजार ३७० मध्य एक लाख ६० हजार २ सय ६७ जना महिला मतदाता छन् भने पुरुष एक लाख ८४ हजार १ सय १ छन् ।

उनीहरूले महिला मतदाता आधा रहे पनि महिलालाई कुनैपनि दलहरूले प्रत्यक्षमा टिकट नदिएको गुनासो गरेका छन् ।

सिराहाको लाहान नगरपालिका पडरिया १२ की पुदनीदेबी चौधरीले पुरुषहरूले महिलाहरूका समस्याको अनुभूति गर्न नसक्ने भएकाले महिलाको प्रतिनीधि महिला नै हुनु पर्ने बताईन् । आफुहरू अगाडी बढ्न खोज्दा तैले पढे लेखेको छ ? कुरा बुझेको छ भनेर पुरुषले अगाडी जान नदिने गरेको उनले दुखेसो पोखिन् ।

त्यसैगरी लाहान नगरपालिका ११ की सीता चौधरी भन्छिन् ‘महिलाहरूले भोगेका समस्या महिलाले बुझ्छन् ।’ महिलाले भोगेका धरेै खालका समस्यालाई पुरुषले त समस्याको रुपमा नै लिदैनन् । महिलाहरूले भोगेका समस्या उठाउन महिला नै आश्यक रहेको उनको भनाइ छ ।

‘महिलाहरूहरूका समस्या नै नबुझे कसरी उनीहरूका लागि बन्ने नीति नियम महिला मैत्री हुन्छन्’ उनले प्रश्न गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: