महिलाहरूको तयारीः जसले रोजगारी दिन्छ, उसैलाई भोट


प्रकाशित मिति :2017-11-22 12:44:52

पार्वती पाण्डे\महिला खबर

कपिलवस्तु । जसले आफ्ना सन्तानका लागि स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्छ, यसपटक उसैलाई भोट हाल्ने तयारी कपिलवस्तुका महिलाहरूले गरेका छन् ।

‘चुनावका बेला मात्र युवाहरूलाई स्वदेशमै रोजगार दिन्छौं भन्दै हाम्रो अमुल्य मतले जित्ने तर जितेपछि गाउँ नआउने नेतालाई यसपटक भोट दिन्नौं’ सैनुना चौधरीले भनिन् ।

हाम्रा छोरा छोरी विदेश नजाने दिन कहिले आउँछ ? गरिबका छोराछोरी सधैँ रोजगारीका लागि खाँडी मुलुकमा जोखिमपूर्ण काम गर्न जानुपर्ने भन्दै उनले यसपालीको भोट स्वदेशमै रोजगार दिनेलाई दिने बताइन् ।

‘हाम्रो मत खेर गयो । अब मत खेर फाल्दैनौं । हाम्रा सन्तानलाई जसले स्वदेशमै रोजगारको ग्यारेण्टी गर्छ, त्यसैलाई भोट दिने हो’ उनले भनिन् ।
आफ्नो गाउँका सबै महिलाको स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्नेलाई मात्र भोट हाल्ने सल्लाह भएको उनी बताउछिन् ।

‘निर्णायक मत महिलाहरूको छ । हामीहरूले सरसल्लाह गरेका छौं । अब मत खेर जान दिदैनौं’ उनले भनिन् ।

त्यस्तै सिता यादवले पनि चौधरीकै भनाइमा सहमति जनाइन् । ‘जनताका छोरा छोरीको कामको ग्यारेण्टी गर्नेलाई मत दिने हो’ उनले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: