-महिला खबर-
भ्यानेटी फेरकी र न्यू योर्करकी पूर्वसम्पादक टिना ब्राउनले सञ्चार उद्योगमा सफलता हासिल गर्न महिलाले पुरुषको तुलनामा अझ बढी मेहनत गर्नुपर्ने बताइन् ।
ब्राउनले भनिन्–‘महिलाले पुरुष प्रतिस्पर्धीले जस्तै उच्च मान्यता पाउन ‘चाँदिको कार्यक्षेत्रमा स्वर्णिम’ रुप धारण गर्नुपर्छ । तपाईंहरुले उही पदका पुरुषले सजिलै पाउँदै आएका आदर पाउन आफ्नो साहसलाई तोडेर अझ बुलुन्द बनाउनु पर्छ ।’
उनी अगाडि थप्छिन्–‘यसले मलाई कहिल्यै रोकेन तर महिलाले निकै तीव्र गतिमा धेरै काम गर्नुपर्छ ।’बेलायतमा जन्मेकी पत्रकारले थपिन् मिडिया, राजनीति र अन्य क्षेत्रमा यौन हिंसा अभियोगका प्रचार प्रसारले गर्दा पुरुषले आफ्नो आचरणको समीक्षा गर्न थालेका छन् ।
ब्राउनले गत महिनाको न्यूयोर्क टाइम्समा हार्भे विन्स्टनलाई (यौन हिंसा आरोपित हलिउडकर्मी) एक ‘डरलाग्दो र रिसाहा’ व्यक्तिको संज्ञा दिंदै उनलाई सामना गर्नुपर्दा ‘डरमर्दो’ हुने गरेको बताइन् । उनले सन् १९९८मा हार्भे विन्स्टनसँग टक म्यागजीन सहसञ्चालन गरेकी थिइन् ।
‘अहिलेको समयकाल फरक छ । ह्वाईट हाउसको एक सिरियल यौन हिंसक बाहेक, बिल कोस्बि, रोजर एलिज, बिल ओ रिली, विन्स्टन… सबैका समय सकिसकेको छ’–उनले थपिन् ।
ब्राउनले उत्त टिप्पणी रेडियो टाइम्ससँगको एउटा अन्तरवार्तामा व्यत्त गरेकी थिइन्. सन् १९८० र १९९० का दशकहरुमा भ्यानीटी फेर म्यागजीनमा काम गर्दाको आफ्ना सम्पादकीय क्षणहरुसँग समेटेरे उनले लेखेकी किताब भर्खरै विमोचन गरिएको छ ।
बाहिर आइरहेका यौन हिंसाका घटनाहरु र हल्लाहरुले महिलामाथि हुने हिंसा रोकिन्छ कि भन्ने प्रश्न सोध्दा उनले भनिन्,– ‘हो । मलाई लाग्छ पहिला होहल्ला र भाँडभैलो हुन्थ्यो र पछि सबै कुरा हराएर जान्थ्यो । तर आजभोलि पुरुष आफ्ना क्रियाकलापहरु नियाल्दै छन् र आचरणमा सकरात्मक परिवर्तन ल्याउने कोशिश गर्दै छन् ।’
ब्राउनले १९९२ मा भ्यानीटी फेर छोडेपछि न्यू योकरमा छ वर्षसम्म सम्पादनको काम गरिन् । उनले टयाट्लरको पनि सम्पादन गरिन् र बेलायती राजकुमारी डायनाको जीवनी लेखिन् ।
उनले समाचार र विचारले भरिएको द डेली विस्ट नामक वेबसाइटको संचालन पनि गरिन् ।
उनले विश्व वार्षिक सभामा ‘वमेन’ नामक किताब विमोचन गरिन् जसमा सबैभन्दा प्रभावशाली महिला जस्तै हिलरी क्लिन्टन, फेसबुकका मुख्य सञ्चालक शेरिल साण्डबर्ग र टक शो सञ्चालक ओप्रा विन्फ्रीका भाषणहरु प्रस्तुत गरिएका छन् ।
साभारः– द गार्डीयन
Comment Here!