महिला हिंसा भएमा ११४५ मा डायल गरौँ


प्रकाशित मिति :2017-11-22 16:39:10

-महिला खबर-

काठमाडौं । कुनै पनि महिला एवम् बालबालिकालाई लैंगिक हिंसा भएमा अबदेखि ११४५ मा खबर गर्न सकिनेछ । राष्ट्रिय महिला आयोगले विश्व बैंकको सहयोगमा लैगिक हिंसा न्युनिकरणका लागि यो सेवा सञ्चालन गर्न लागेको हो । अभियानको गत मंगलबार परिक्षण समेत गरिएको छ ।

राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेढाइले ११४५ मा फोन डायल गरेर परिक्षण गरेका हुन् । उनले समाजमा लैंगिक हिंसा बढ्दो रहेको भन्दै यसबाट प्रभावित महिलालाई राहत मिल्ने बताए ।

उनले भने, ‘हामीले यो काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट गरी चार जिल्लामा सर्वेक्षणको रुपमा गर्नेछौ । सफल भएमा देशभरि नै लागू हुनेछ ।’ उनले यी चार जिल्लामा लागूभएपनि देशभरिको फोन कलहरूलाई स्वागत गरिने बताए ।

महिला तथा समाजकल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले उक्त अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्दै हिंसा प्रभावित महिलाले राहत मिल्ने वातावरण बनाउन बुझाव दिइन् ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले प्रभावितलाई कसरी सजिलो तरिकाले न्याय दिन सकिन्छ भन्नेमा ध्यान दिन आग्रह गरे ।

वल्र्ड बैंककी प्रतिनिधि कारोलेनी सागेले यो अभियानले सामाजमा हुने महिलामाथिको हिंसा कम हुने अपेक्षा गरिन् ।

परियोजनाका संयोजक पलिता थापाले यो अभियानले हिंसा प्रभावित महिलाका समस्या समाधान मात्र नभई हिंसा कसरी रोक्न सकिन्छ भन्नेमा समेत ध्यान दिने बताइन् ।

हिंसामा परेमा जुनसुकै फोनबाट, जहाँबाट पनि ११४५ मा निशुल्क उजुरी गर्न सकिनेछ । यो अभियान आउँदो डिसेम्बरबाट सुरु हुनेछ । आफू हिंसामा परेमा २४ सै घण्टा हप्ताको सातै दिन उपलव्ध हुनेछ ।

हिंसामा परेमा एसएमएस बाट पनि खबर गर्न सकिनेछ । अथवा वेबसाइट www.nwchelpline.gor.np मा वा फेसबुक पेजमापनि सम्पर्क गर्न सकिन्छ ।

हिंसामा परेमा प्रभावित स्वयंले, प्रभावितका आफन्त वा साथीले, हिंसाका घटना घटेको देख्ने वा सुन्ने व्यक्तिले, हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्ति, लैंगिक हिंसा न्यूनीकरण तथा रोकथाम सम्बन्धी काम गर्ने संघ–संस्थाहरूले, अन्य जुनसुकै व्यक्तिहरूले पनि खबर गर्न सक्नेछन् ।

अभियानका क्रममा हिंसामा अति प्रभावितका लागि सुरक्षित वा, कानूनी उपचार तथा परामर्श सेवा, १८ वर्ष मुनिका प्रभावितलाई विशेष सेवा, मनोसामाजिक परामर्श सेवा, आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराइनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: