यमुना खनाल\महिला खबर
सिराहा । लाहान नगरपालिकाका दुई किशोरी दिदीबहिनी माथि बलात्कारको प्रयास गर्ने युवकका परिवारले किशोरी र उनकी आमालाई मरासन्न हुने गरी कुटपिट गरेका छन् ।
दिदीबहिनी माथि बलात्कारको प्रयास गर्ने देब पुर्बे बिरुद्ध मुद्धा दर्ता गराएको भन्दै पुर्बेका आमाबाबु, दिदीबहिनीले पीडित किशोरी र उनकी आमालाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते आमा छोरीलाई उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
गत कात्र्तिक ९ गते राती छठको अवसरमा आयोजना भएको नाच हेर्न जाने क्रममा छिमेकी सन्तोष भन्डारी र देब पुर्बेले किशोरीलाई जबरजस्तीको प्रयास गरेका थिए ।
घटनापछि पिडीतले जबरजस्ती करणी उद्योग अन्तरगत मुद्धा दर्ता गराएका थिए । घटनाका आरोपी सन्तोष भन्डारी र देब पुर्बे भने फरार छन् ।
अर्को छिमेकीसंग सामान्य जग्गाको बिषयमा बिबाद भइरहेको समयमा पुर्बेका परिवारै सबै आएर घरमा कोही नभएको मौका छोपी किशोरीकी आमालाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । आमालाई जोगाउँन जादा पिडीत किशोरीलाई कुटपिट गरेको छिमेकी दिपा चौधरीले बताएकी छन् ।
उनीहरूले ‘तेरा छोरीहरू नै चरित्रहिन हुन्, मेरो छोरालाई किन आरोप लगाई फसाएको’ भन्दै कोही नभएको मौका छोपी कुटपिट गरेको किशोरीकी आमाले बताइन् ।
साथै युवकका परिवारले मुद्धा दर्ता गरेपनि मुद्धा सफल हुन नदिने धम्की दिएर गाली बेइजती समेत गरेको उनले बताएकी छन् । उनीहरूले प्रहरीलाई किनी सकेको छौ भन्दै पटक–पटक गाली गलौज गर्दै आएको र सोमबार घरैमा आएर कुटपिट गरेको पनि उनले गुनासो गरिन् ।
Comment Here!