चुनाव जित्छु, कुनै शंका छैनः राज्यलक्ष्मी


प्रकाशित मिति :2017-11-22 17:10:52

-महिला खबर-

काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि राज्यलक्ष्मी श्रेष्ठ काठमाडौं क्षेत्र नं.८ ‘क’ को प्रदेश सभा सदस्यको उम्मेदवार हुन् ।

प्रजातान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार श्रेष्ठ अहिले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको मत र मन जित्नका लागि विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो कार्यक्रममा व्यस्त छिन् ।

महिलालाई प्रत्यक्षमा टिकट पाउँन निकै गाह्रो मान्ने राजनीतिक परिवेशमा प्रत्यक्ष तर्फ टिकट पाएकी उनी चुनाव जित्छु भन्नेमा विश्वस्त समेत छन् ।

‘प्रत्यक्षमा महिलाले टिकट पाउन धेरै गाह्रो छ । तर मैले पाए र म जित्छु भन्ने विश्वास पनि छ’ श्रेष्ठले महिला खबरसँग भनिन् ।

आफूले सांसद हुँदा लघु उद्यमशिलतामा जोड् दिएको उनले बताइन् । ‘सानो पुँजीबाट महिलाले घरमै बसिबसि कमाउन सक्छन् । त्यसलाई पछि व्यवसाय बनाउन सक्छन् भनेर मैले लघु उद्यमलाई जोड् दिएको छु’ श्रेष्ठले भनिन् ।

आफू सांसद हुँदा सांसद विकास कोषबाट महिलाहरूलाई विभिन्न सिपमुलक तालिम, चेतनामुलक कार्यक्रम तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका कारण आफ्नो क्षेत्रमा मतदाताबीच प्रिय रहेको उनको भनाइ छ ।

संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिकी सदस्य हुँदा उद्योग ऐनमा भएको त्रुटी संशोधन गर्ने, उद्योग खोल्न पनि सहज र बन्द गर्न पनि सहज, उद्योगमा ताल लगाउन नपाउने, उद्योग व्यवसाय ऐन, कम्पनी ऐन, शेज ऐन, महिलाहरूका लागि पाँच लाखसम्म बिना धितो ऋणको व्यवस्था गरेको पनि उनले बताइन् । ‘यिनकै कामहरूको पूर्र्ण कार्यान्वयनका लागि मैले उम्मेदवारी दिएकी हुँ’ श्रेष्ठले भनिन् ।

घरदैलो कार्यक्रममा जाँदा महिलाहरूले पानीको समस्या समाधान गर्न अनुरोध गरेकोले आफूले जितेको खण्डमा पहिलो काम पानीको समस्या समाधान गर्ने उनको प्रतिवद्धता छ ।

आफ्नो क्षेत्रका मतदाताको साथ र सहयोग पाएकोले आफूले जित्नेमा कुनै शंका नरहेको उनले बताइन् । ‘यहाँका मतदाताले मैले गरेका कामको मूल्यांकन गर्नुभएको छ । तिम्रो साथमा हामी छौं । के गर्नुपर्छ सहयोग गछौं भन्दै हौसला बढाउनुभएको छ । त्यसैले मैले चुनाव जित्छु, कुनै शंका छैन’ श्रेष्ठले भनिन् ।

पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास गरी नेपालमै युवाहरूलाई रोजगारको सिर्जना गर्ने लगायतका एजेण्डा लिएर घरदैलोमा गइरहेको उनी बताउछिन् ।

काठमाडौं क्षेत्र नम्बर ८ ‘क’ मा शाक्यसँग तीन महिला र सात पुरुष प्रतिस्पर्धामा छन् । जसमा अनिल तुलाधर विवेकशील साझा पार्टी, रामहरी रंजित नेपाः राष्ट्रिय पार्टी, राजेश शाक्य नेपाल कम्युनिष्ट पार्टी (एमाले), न्हुछे शोभा तुलाधर नयाँ शक्ति पार्टी, किशोर शाही एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), महेश्वर बिलास जोशी जनसमाजवादी पार्टी, मणि रत्‍न शाक्‍य संघीय समाजवादी फोरम, ज्ञानु मैया दराई नेपाल मजदुर किसान पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाबाट नमस्ते सायमी (मानन्धर) रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: