सात नम्बर प्रदेशका महिला आत्मनिर्भर भएको हेर्ने चाहना छः आरजु


प्रकाशित मिति :2017-11-23 10:54:41

-महिला खबर-

कैलाली । कैलाली क्षेत्र नम्बर ५ कि उम्मेदवार आरजु देउवा राणाले सात नम्बर प्रदेशका महिला आत्मनिर्भर र सम्पन्न भएको हेर्ने चाहना भएको बताएकी छन् ।

प्रतिनिधिसभाका लागि नेपाली काँगे्रसकी उम्मेदवार डा. राणाले धनगढीको हसनपुर, तारानगर र जाइका विभिन्न ठाउँमा भएका चुनावी सभालाइ सम्वोधन गर्दै राज्यका निकायमा सबै भन्दा पछि पारिएका सात नम्बर प्रदेशका महिला सबै भन्दा अघि पुगेको हेर्ने मन रहेको बताएकी हुन् । उनले भनिन्, ‘समाज विकासका लागि पनि महिला सम्पन्न बन्न आवश्यक छ’ ।

धनगढीका विभिन्न ठाउँमा भएका चुनावी सभालाइ सम्वोधन गर्दै नेता राणाले महिलालाइ आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाउँन आफूले चुनावी एजेण्डा नै बनाएको बताइन् । सात नम्बर प्रदेशमा महिलाको अवस्था अझै दयनीय रहेको भन्दै उनले आफूले जिते यस क्षेत्रका महिलाको जीवनस्तर उकास्न पुरै समय खर्चने प्रतिवद्धता गरिन् । ‘प्रदेश नम्बर सातमा घरेलु हिंसा, विभेद र गरिवीका कारण महिला अझै चुलो चौकोमा सिमित छन्’ नेता राणाले भनिन्, ‘समुन्नत समाज निमार्णका लागि महिला आत्मनिर्भर हुन आवश्यक छ’ ।

आफू महिला भएकोले पनि महिलाका समस्यामा पूर्ण जानकार रहेको भन्दै उनले महिलाको अधिकारका लागि आफू सडक र सदनमा लडिरहेको स्मरण गराइन् । ‘दुई दशकदेखि महिला अधिकारका क्षेत्रका कार्यरत छु’ उनले भनिन् ‘महिलालाइ आत्मनिर्भर बनाउने काममा म पूर्णरुपमा सफल हुन्छु । यसमा मलाई विश्वास छ ।’

स्थानीय निकाय र सरोकारवाला संघ संस्थालाइ पनि उनले महिला लक्षित कार्यक्रम ल्याउन आग्रह गरिन् । ‘पुरुषको दाँजोमा महिलाको अवस्था निकै कमजोर छ’ उनले भनिन्, स्थानीय निकायले पनि महिलाको आयआर्जन र जीवनस्तर उकास्ने खालका कार्यक्रमहरूलाइ बढावा दिनुपर्छ । यसका लागि म पनि सक्दो पहल गर्ने छु ।’

‘स्थानीय तहमा कम्तिमा ३० प्रतिशत महिलाको सहभागीता हुनुपर्छ भनिएको छ’ महिलाका लागि बनेका नीति कार्यान्वयन गर्र्न र महिला लक्षित कार्यक्रम ल्याउन नीति निमार्ण तहमा महिलाको बलियो पहुँच हुनुपर्छ’ उनले भनिन् ।

‘महिला नेतृत्वको निर्वाचन क्षेत्र कस्तो हुँदोरहेछ भन्ने कुरा गरेर देखाउँनेछु ।’ उनले आफूले निर्वाचन जिते अबको पाँच वर्षमा धनगढी उपमहानगरपालिकालाई मुलुककै नमुना शहर बनाउने घोषणा समेत गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: