खाद्यान्न वितरणको भाग दौडमा पन्ध्र महिलाको मृत्यु


प्रकाशित मिति :2017-11-23 14:23:05

-महिला खबर-

काठमाडौं । मोरक्कोको गृहमन्त्रालयका अनुुसार त्यहाँको पश्चिम क्षेत्रमा खाद्य सहयोग वितरणमा भएको भाग दौडको घटनामा कम्तिमा १५ महिला मारिएका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार गत आइतवार उक्त घटना भएको थियो, जतिबेला सयांैको संख्यामा गरिब महिला खाद्यान्न लिनका लागि सिडी बौलालममा जम्मा भएका थिए ।

एक प्रतिवेदनका अनुसार जब एक निजी परोपकार संस्थाले भीडलाई नियन्त्रणमा लिने प्रयास ग¥यो तब करीब ४० महिला घाइते भएका थिए ।

मोरक्कोको समाचार संस्था मेडिक्सका अनुसार यसरी भवित्व्यमा पर्ने सबै महिला ४० वर्ष भन्दा माथिका थिए ।

सामाजिक संजालहरुमा अपलोड गरिएका भिडियोहरुले त्यहाँको कारुणिक दृश्यलाई देखाएको थियो । दृश्यमा एम्वुलेन्सहरु घाइतेहरुलाई उद्वार गर्न दौडिरहेका थिए ।

राजा मोहम्मदले पीडितका परिवारलाई आवश्यक सम्पूर्ण सहयोगको व्यवस्था मिलाउन आदेश दिएका छन् । मन्त्रालयको एक वक्तव्यमा उक्त घटनाको अनुसन्धान शुरु भएको जनाएको छ ।

पहाडी क्षेत्रमा गरिबी निवारणको लागि विकास योजना कार्यान्वयनको क्रममा एक संस्थाले अनियमितता गरेको पाइएपछि गएको महिना त्यहाँका राजाले शिक्षा, आवास, योजना तथा स्वास्थ्य मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।

साभारः–अल जजीरा न्यूज

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: