द्वन्द्व पीडित महिलाले न्याय नपाउनु दुःखद


प्रकाशित मिति :2017-11-23 15:01:49

-महिला खबर-

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्व पीडित महिला न्याय पाउन नसकेको बताएको छ । द्वन्द्व कालमा महिलामाथि भएको यौनजन्य हिंसा एवम् बलात्कार जस्ता गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आजसम्म पनि महिलाले न्याय पाउन नसकेको आयोगले निकालेको स्थानीय तह निर्वाचन २०७४ को अनुमन प्रतिवेदनमा उल्लेख गरेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा द्वन्द्वकालमा पीडित महिलाहरुको उजूरी अनुसन्धान तथा अनुगमनबाट हालसम्म पनि न्याय तथा परिपूरण पाउन नसकेको भन्दै यसले गरिब तथा सीमान्तकृत समुदायका महिलाहरुको दैनिक जीवन कष्टकर बनेको बताएको छ ।

प्रतिवेदनमा भनिएको छ– ‘सशस्त्र द्वन्द्वकालको समयमा घटेका यौनजन्य हिंसाका घटनाहरुको अहिलेसम्म अभिलेखीकरण गर्ने र पीडितहरुले न्याय पाउन सकेका छैनन् ।’

त्यस्तै प्रतिवेदनमा नेपाल सरकारले संयुक्त राष्ट्र संघीय प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयको लागि कार्ययोजना बनाई लागू गरेकोमा महिलाहरुलाई अभिमुखीकरण, द्वन्द्वपीडित महिला तथा बालबालिकाका लागि सीपमुलक तालिम, सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन भएको भनी शान्ति तथा पुननिर्माण मन्त्रालयले उल्लेख गरेपनि यसको अपेक्षाकृत नतिजा प्राप्त हुन नसकेको जनाएको छ ।

प्रतिवेदनमा ८ वर्षपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोगको गठन हुनु आफैँमा सकारात्मक भएको बताएको छ । तर एउटा पनि घटनाको विस्तृत छनविन प्रतिवेदन नआउनुले यसबाट संक्रममणकालीन न्याय निरुपणमा प्रभावकारी संम्बोधन हुन नसक्ने देखिन्छ भनिएको छ ।

यसको उचित संम्बोधन हुनुपर्ने र नेपाल सरकार, राजनीतिक दलहरुले यसतर्फ गम्भीर भएर काम गर्न मानव अधिकार आयोगले आग्रह समेत गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा करिब ६० हजार उजुरीहरु र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा करिब ३ हजार उजुरीहरु परेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: