दश मतदान केन्द्रको जिम्मा महिलालाई


प्रकाशित मिति :2017-11-23 15:55:07

सर्मिला बुढाथोकी

यही मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका
दश मतदान केन्द्रको जिम्मेवारी महिलाले पाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार १७ वटा मतदान केन्द्रमा महिला सहायक मतदान अधिकृत पठाईएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सच्युतराज उप्रेतीले दुई नगरपालिका र ७ गाउँपालिका रहेको दोलखामा ९४ वटा मतदान केन्द्र मध्ये १७ मतदान केन्द्रमा महिला कर्मचारी खटिएका बताए । दोलखामा १ सय ९० वटा बुथ रहेको छ । जसको लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य सहयोगी कर्मचारी र अनुगमन गर्ने कर्मचारी समेत गरी करिब १६ सय ५० जना कर्मचारी खटिएका छन् ।

जिल्ला सुरक्षा समितिले ९४ मतदान केन्द्र मध्ये ८२ वटा अतिसंवेदनशील मतदान केन्द्र र १२ वटा संवेदनशील मतदान केन्द्रभनि वर्गिकरण गरेको छ । तर कन्द्रीय सुरक्षा समितिले भने ९ वटा अति संवेदनशील, २४ वटा संवेदनशील र ६१ वटा सामान्य मतदान केन्द्र भनि वर्गिकरण गरेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लक्ष्मण बिक्रम थापाले जानकारी दिए ।

निर्वाचन सुरक्षाको लागि जिल्लामा ७ सय २७ जना जनपथ प्रहरी, १ सय ८२ जना शसस्त्र प्रहरी, ५ सय ५० जना नेपाली सेना र ७ सय ५५ जना म्यादी प्रहरी परिचालन गरिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ४७ हजार ९ सय २३ मतदाता मध्ये ७४ हजार ४५ जना महिला मतदाता रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: