राजपाको घोषणापत्रः दुलहीलाई आधा तोला सुनको मंगलसुत्र 


प्रकाशित मिति :2017-11-23 16:32:57

–महिला खबर–
कठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र जारी गरेको छ ।
राजपाले आफ्नो घोषणापत्र जारी गर्दै कम्तिमा प्लस टु पढेका र उमेर पुगेका विवाह योग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गर्ने जनाएको छ ।
महोत्तरीको जलेश्वरमा एक कार्यक्रमको आयोजना गरी राजपाले घोषणापत्र जारी गरेको हो । आफ्नो घोषणापत्रमा राजपाले अन्य पार्टीले जस्तै महिलाका विषयलाई समेत समेटेको छ ।
घोषणापत्रमा महिलाको लागि हरेक उच्च शिक्षा निशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैँया अनुदान दिर्घकालिन मुद्धती खाता खोलि बैंकमा जम्मा गर्ने जनाएको छ । र जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एकमुस्ट रकम प्रयोग गर्न सक्ने जनाइएको छ ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा १५ बुँदे चुनावी प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेको गरेका थिए ।

सामाजिक व्यवहार सुधार ऐनमा दुलहीको शरीरमा लगाएको बाहेक बढीमा १० हजार रुपैँयासम्म मात्र दाइजो दिन सकिने व्यवस्था छ । तर अहिले एक तोला सुनको मुल्य नै ५० हजारदेखि ६० हजार रुपैँयासम्म पर्छ ।
राजपाको यस्तो घोषणापत्रले सामाजिक सञ्जालहरुमा समेत आलोचनाहरु आउन थालेको छ ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: