अझैं ओभाएनन् सिताका आँखा


प्रकाशित मिति :2017-11-23 17:49:41

-महिला खबर-

काठमाडौं । पुत्रशोकमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सिता दाहालका आँखा अझैं ओभाएका छैनन् । स्वर्गीय छोरा प्रकाश दाहालको सम्झनामा आज आफ्नै निवास लाजिम्पाटमा आयोजित श्रद्धाञ्जली सभामा समेत सितालाई सामान्य अवस्थामा देख्न सकिएन ।

पति पुष्पकमल दाहाल र सहयोगीको सहारामा घरकै आँगनमा आयोजित श्रदाञ्जली सभामा पुगेकी सिता कार्यक्रम अवधिभर पटक–पटक सलले आँखा मुख छोप्दै भक्कानिरहिन् ।

मञ्चको अगाडिपट्टि राखिएको छोरा प्रकाशको तस्विरमा सहभागिहरुले टीका, माला र फूल चढाइरहँदा दाहाल दम्पती निकै भावुक बनेका थिए ।

आफ्ना बुबा अर्थात नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका प्रकाशको यहि मंसिर ३ गते हृदयघातबाट मृत्यु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: