हिंसा बिरुद्ध मधेशी महिला पुरुष संगठित


प्रकाशित मिति :2017-11-24 12:06:17

पार्वती पाण्डे\महिला खबर

कपिलवस्तु । समुदायको न्यायमा पहुँच पुर्याउनका लागि कपिलस्तुको दक्षिणी क्षेत्रका महिला पुरुष संगठित भएका छन् । गाउँ घरमा हुने झैझगडालाई उनीहरूले मेलमिलाप गराउने र अन्यायमा परेकाको अधिकारका लागि साबिक कज्रहवा र भलवारीका महिला पुरुषहरू एक हुँदै अगाडि बढेका हुन् ।

सुरुका दिनमा घरबाट बाहिर ननिस्किने महिलाहरू अहिले टोल–टोलमा जाने, गाउँको अवस्था बुझ्ने र समाजमा शान्ति स्थापना गर्ने काममा लागेका छन् ।

न्यायमा पहुँच सञ्जालका अध्यक्ष सन्तोष कुमार त्रिपाठीले भने, ‘अब मधेशी महिलाहरू पनि सचेत हुँदै अगाडि बरिहेका छन् । लैंगिक हिंसा अन्त्य गर्न समाजमा शान्तिको वातावरण सृजना गर्ने काममा महिलाहरू अग्रसर भएका छन् ।’ उनले हिंसा बिरुद्ध महिलाहरूको अभियानमा आफूहरूको पनि साथ समर्थन रहँदै आएको बताए । महिला हिंसा बिरुद्ध अभियानमा लागेका महिलाहरूसँगको सहकार्यमा हिंसापीडित महिलाहरूलाई न्याय दिलाउँन लागिरहेको त्रिपाठीले बताए ।

सञ्जालकी सदस्य पुनम कुमारी चौधरीले महिला कतै हिंसामा त परेका छैनन् भनेर गाउँमा खुबै निगरानी राख्ने गरेको बताइन् । ‘पहिले समाजमा धेरै झैझगडा हुन्थे । कतिपय श्रीमानले रक्सी सेवन गरेर श्रीमतीलाई कुटपिट गर्थे । अहिले महिला हिंसा बिरुद्ध हामी सक्रिय भएपछि त्यस्ता खालका घटनामा कमि आएको छ’ उनले सुनाइन् ।गाउँमा मदिरा सेवन गरेर हो–हल्ला गर्ने, घरका सदस्यलाई कुटपिट गर्ने लगायत आपसी विवादका घटनामा संलग्नहरूलाई सम्झाई बुझाई गर्ने गरेको पनि उनले बताइन् ।

कज्रहवामा केहि मानिसहरूले रक्सी सेवन गरि हल्ला गर्दा आफ्नो घर र गाउँमा समेत अशान्ति फैलले गरेकोमा सञ्जालले सम्झाउने बुझाउने गर्दा समेत ति व्यक्तिहरूले अटेर गर्ने गरेको अनुभव दिनानाथ चौधरीको छ ।

कज्रहवाका ९ वटै वडाका महिला र पुरुषहरू मिलाएर सञ्जाल गठन गरिएको मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल कपिलवस्तुका कार्यक्रम संयोजक जियाउल हकले बताए ।

समुदायका सबै जसो महिला पुरुषहरूलाई मिलाएर बेला बेलामा महिला सशक्तिकरण र लैंगिक हिंसा, अधिकार सम्बन्धि तालिम दिइएको उनले बताए ।

सञ्चारले जिल्लाको साबिक भलवारीमा पनि उक्त कार्य गरेको र त्यस क्षेत्रमा पनि ९ वटै वडाका पुरुष महिलाहरूलाई मिलाएर न्यायमा पहुँच पुर्याउनका लागि ‘न्यायमा पहुच सञ्जाल’ गठन गरिएको उनले जानकारी दिए ।

जुरी नेपालले पनि कपिलवस्तुमा न्यायमा पहुँचका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: