जहाँ महिलाहरूले मात्रै शव बोक्छन्


प्रकाशित मिति :2017-11-24 12:17:49

-महिला खबर-

काठमाडौं । हिन्दू परम्पराअनुसार कसैको मृत्यु हुँदा पुरुषले नै काँध दिनुपर्छ भन्ने मान्यता अझैं कायम छ । तर पछिल्लो समयमा महिलाहरूले दागबत्ती दिएको र पार्थिव शरीरलाई काँध दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ ।

यस्तै विरलै देखिने र सुनीने उदाहरणीय काम गरेका छन्, तनहुँ दमौली व्यास नगरपालिका ५ चापाघाटका महिलाहरूले ।

मिन बहादुर नेपालीको शव बोकेर दाह संस्कार गर्न जाँदै गरेका महिलाहरु ।

चापाघाटमा महिलाहरूले वेदव्यास जेष्ठ नागरिक आश्रम सञ्चालन गरेदेखि त्यहाँ मृत्यु हुने व्यक्तिको शव घाटसम्म आफै पुर्याउँछन् । आज बिहान मात्रै पनि आश्रमका ९८ वर्षीय मिन बहादुर नेपालीको निधन भएपछि महिलाहरू आफैले शव बोकेर दाह संस्कार गरेका छन् ।

नेपालीको निधनपछि शवलाई काँध दिन आउनेमा कोही पुरुष थिएन । त्यहाँ नेपालीको शवलाई काँध दिने, घाटमा लग्ने र मलामी समेत महिला मात्रै थिए ।

आश्रममा आश्रय लिएका जेष्ठ नागरिकहरूको सन्तान भनेकै त्यहाँका महिलाहरू हुन् । आश्रममा आश्रय लिईरहेका वृद्धवृद्धाको निधन भए महिलाले नै शव बोक्ने गरेका छन् । केही वर्ष अगाडि पनि एक वृद्धको मृत्यु भएपछि महिलाहरूले नै शव बोकेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: