ज्ञानु पंगेनी\महिला खबर
नवलपरासी । भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा हिडेका तीन जना महिलाको उद्धार गरिएको छ । उनीहरूलाई प्रलोभनमा पारेर विदेश लैजान लागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासीको बर्दघाट सुस्ता पुर्व विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणीको सिमानाका ठूलो ब्यारेज पुलमा खटिएको साना हात नामक संस्थाका कर्मचारी र प्रहरीको टोलीले शंका लागेर सोधपुछ गर्दा उनीहरूसँग आवश्यक प्रमाण नभएपछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी निरीक्षक हरिद्धार धोविले जानकारी दिए ।
सिन्धुपाल्चोक जुकुन गाउँपालिका ६ बस्ने २० वर्षिय नरमाइ तामाङ, सोहि ठाउँकी १९ वर्षीया निरमाया तामाङ र बर्दघाट नगरपालिका ४ देविनगर वस्ने ४३ वर्षिय राजकुमारी विकलाई प्रहरीले उद्धार गरेको हो । उनीहरूलाई रुपन्देहीको वुटवल नगरपालिका २ बस्ने ४६ वर्षिय लिला गुरुङ र बर्दघाट नगरपालिका १ जमुनाबारी बस्ने हरि वहादुर कामीले भारतको बाटो हँुदै विदेश पठाउने भनेर लैजाने क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक धोवीले बताए ।
नियन्त्रणमा लिएका पाँचै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा पठाएको प्रहरी निरीक्षक धोवीले बताए ।
भारतको बाटो हुँदै वैदेशिक रोजागारीमा जानु अवैध मानिन्छ ।
Comment Here!