सुम्निमामा नमुना मतदान, सबै कर्मचारी र प्रहरी महिला


प्रकाशित मिति :2017-11-24 16:07:48

रुजु खतिवडा\महिला खबर

पाँचथर । पहिलो चरण अन्तरगत मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा फिदिम नगरपालिका–३ सुम्निमा स्थित मतदान केन्द्रमा निर्वाचनका कर्मचारी र प्रहरी सबै महिलाहरू खटिने भएका छन् । यसलाई नमूना निर्वाचन भनिएको छ ।

सुम्निमा मतदान स्थलका २ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित सवै कर्मचारी र सुरक्षाकर्मीहरू समेत महिला रहेको प्रमुख निर्वाचन अधिकृत मनोज केसीले बताए । नमूनाको रुपमा दुवै केन्द्रमा सवै कर्मचारी महिला मात्र खटाइएको हो ।

जिल्लाका कुल एक सय मतदान स्थलका १६५ मतदान केन्द्रहरू मध्ये सुम्निमा एकमात्र महिलाहरूले मात्र संचालन गर्ने मतदान स्थाल हो । उक्त केन्द्रहरूमा महिला तथा वालवालिका कार्यालयकी प्रमुख निर्मला दाहाल र शिक्षिका दयादेवी रिजाल मतदान अधिकृतहरूले नेतृत्व गर्ने बताइएको छ ।

यसैगरी जिल्लका कुल १६५ मतदान केन्द्रहरू मध्ये ५ जना महिला मतदान अधिकृत र २९ जना सहायक मतदान अधिकृतहरू रहेका छन् भने खटिएका कुल एक हजार ३ सय १७ कर्मचारीहरू मध्ये २ सय ८९ जना महिला रहेको जनाइएको छ । आसन्न निर्वाचनको लागि कर्मचारीहरूको खटाउने तथा मतदान केन्द्र र मतदान स्थालहरूको व्यवस्थापनका कार्यहरू सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राइले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: