सबै मतदान केन्द्र लैगिंकमैत्री छन्ः आयोग


प्रकाशित मिति :2017-11-24 16:17:29

-महिला खबर-

काठमाडौं । निर्वाचन आयोगले मसिंर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै मतदान केन्द्र लैगिंकमैत्री भएको बताएको छ ।

महिला खबरसँग कुरा गर्दै निर्वाचन आयोगका सूचना अधिकारी तथा उपसचिव सूर्य प्रसाद अर्यालले ३२ जिल्लाका सबै मतदान केन्द्रहरू लैगिंकमैत्री भएको बताए ।

‘पहिलो चरणका सबै मतदान केन्द्र लैगिंकमैत्री, अपांगमैत्री छन् । हामीले सबै निर्वाचन अधिकृतलाई लैगिंकमैत्री मतदान केन्द्र बनाउन भनेका छौ’ अर्यालले भने ।

गर्भवती, सुत्केरी महिला, बृद्धबृद्धा तथा फरक क्षमता भएकाहरूलाई भोट हाल्न लाइनमा बस्नु नपर्ने व्यवस्था गरेको उनले जानकारी दिए । उनीहरूलाई आराम गर्न, बस्ने व्यवस्था र शौचालयहरू समेत लैगिंकमैत्री, अपांगमैत्री निमार्ण गरिएको अर्यालले जानकारी दिए ।

उनले निर्वाचन अधिकृत र प्रहरीको सहकार्यमा कुनै व्यक्ति अशक्क्त जो मतदान केन्द्रसम्म आउन नसक्ने छ उसलाई ल्याउने र पु¥याउने व्यवस्था समेत गरिएकोे बताए ।
प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ सय ११ जनप्रतिनिधि निर्वाचित हुनेछन् । मसिंर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ १६ महिला र प्रदेशसभातर्फ २० गरी ३६ जना महिला चुनावी मैदानमा छन् ।

आयोगका अनुसार कार्तिक ५ गते प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ २३ गरी जम्मा ४१ जना महिलाको उम्मेदवारी परेको थियो । पाँच महिलाले उम्मेदवारी फिर्ता लिएपछि महिला उम्मेदवारको संख्या घटेर ३६ पुगेको हा ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मतदान गर्न छन् । पहिलो चरणको निर्वाचनका लागि २ हजार ९ सय १९ निर्वाचन स्थल र ४ हजार ४ सय ६५ निर्वाचन केन्द्र तोकिएका निर्वाचन आयोगले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: