-महिला खबर –
सिराहा । दुई दिदीबहिनीमाथि जवरजस्तीको प्रयास गर्ने देब पुर्बे बिरुद्ध मुद्धा दर्ता गराएपछि पीडित किशोरी र आमालाई कुट्ने पुर्बेका बुबा आमालाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिकाका पुर्बेका बुबा प्रधुवन पुर्बे, कल्पना पुर्बे, प्रमिला शाह रहेका छन् । कुटपिटमा संलग्न दुईजना मुनी पुर्बे, रेखा पुर्बे र सन्तोष शाह फरार रहेका छन् । उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको बताइएको छ । उनीहरूलाई अदालतबाट म्याद थप गराई प्रहरीले थप अनुसन्धान गरीरहेको ईलाका प्रहरी कार्यालय लाहानले जनाएको छ ।
पुर्बेका आमा, बाबु,दिदि बहिनीले पिडित किशोरी र उनकी आमालाई सोमबार गाली गलौज गर्दै मरासन्न हुने गरी कुटपिट गरेका थिए ।
गत कार्तिक ९ गते राती छठको अवसरमा आयोजित नाच हेर्न जाँदा छिमेकी सन्तोष भन्डारी र देब पुर्बेले किशोरी दिदीबहिनीलाई जबरजस्तीको प्रयास गरेका थिए । पुर्बे ईलाका प्रशासन कार्यलय लाहानमा करारमा कार्यरत कर्मचारी हुन् ।
घटनापछि पीडितले जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्धा दर्ता गराएका थिए । जबरजस्ती गर्न खोज्ने देब पुर्बे र सन्तोष भन्डारी अहिले पनि फरार रहेका छन् ।
अर्को छिमेकीसंग समान्य जग्गाको बिषयमा बिबाद भईरहेको समयमा पिडक पुर्बेका परिवारै सबै आएर घरमा कोही नभएको मौका छोपी किशोरी र उनकी आमालाई सोमबार मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
Comment Here!