एक नम्बर प्रदेशमा १४ लाख ८४ हजार महिलाले मतदान गर्दै


प्रकाशित मिति :2017-11-26 11:01:53

लिलाराज भट्टराई\महिला खबर

सुनसरी । पहिलो चरणको निर्वाचन अन्तरगत एक नम्वर प्रदेशका सात जिल्लामा आज मतदान भइरहेको छ । एक नम्बर प्रदेशका १४ जिल्ला मध्ये हिमाली एवं पहाडी भेगका ७ वटा जिल्ला सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पॉचथर र खोटाङमा पहिलो चरण अन्तरगत बिहान सात बजेदेखी साँझ ५ बजेसम्म निर्वाचन हुँदैछ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जारी निर्वाचनमा १ नम्बर प्रदेशका १४ जिल्लामा २९ लाख ९३ हजार ६ सय ६९ मतदाता रहेका छन् । जसमा महिला १४ लाख ८४ हजार ८ सय ८७ जना महिला छन् भने १५ लाख ८ हजार ७ सय ६६ पुरुष र अन्य लैंगिक समुदायका १६ जना मतदाता छन् ।

फिदिम मावि केन्द्र पाँचथरमा मतदान गर्दै ८९ वर्षकी हरिमाया अधिकारी । तस्विरः लेखनाथ खतिवडा

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज हुने निर्वाचनमा सोलुखुम्बुमा ६९ हजार ४ सय ४२, संखुवासभामा १ लाख ५ हजार ६१, भोजपुरमा १ लाख १३ हजार ८ सय ९६, ओखलढुंगामा १ लाख २ हजार २ सय ६३, ताप्लेजुङमा ७८ हजार ४ सय ११, पॉचथरमा १ लाख २५ हजार २ सय २२ र खोटाङमा १ लाख २५ हजार १ सय ७८ मतदाता छन् ।

एक नम्वर प्रदेशमा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाका लागि १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेश नम्वर १ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका पॉच हजार वढी प्रहरी परिचलन गरिएको जानकारी दिए ।

त्यसैगरी निर्वाचन सुरक्षाका लागि थप ५ हजार ३ सय म्यादी प्रहरी परिचालन गरिएको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: