जापानी राजनीतिज्ञले परिषद बैठकमा बच्चा ल्याएपछि आलोचना


प्रकाशित मिति :2017-11-26 11:34:04

जापान । एक जना जापानी महिला राजनीतिज्ञले आफनो बच्चा स्थानीय शासन परिषदको अधिवेशन कक्षभित्र ल्याउन खोजेपछि त्यहाँका सासंदहरूले उनको आलोचना  गरेका छन् ।

युका ओगाटाले महिलालाई पेशा धान्न र सँगसँगै आफ्ना बच्चाहरू हुर्काउन कति गाह्रो हुन्छ भन्ने कुरा परिषदभित्र देखाउन खोजेको बताइन् ।

‘उनले परिषदका नियमहरू भंग गरेकी छिन् किनभने आगन्तुक र अवलोकनकर्ताहरू बैठक कक्षभित्र पस्न पाउँदैनन्,’ कुमामोटो नगरपालिकाका अधिकृतहरूले भने ।

लामो छलफलपछि ओगाटाले आफ्नो बच्चा साथीको जिम्मा लगाइन् । परिषदको अधिवेशन निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भयो । परिषदले उनको मुद्दामाथि र साना बच्चाहरू भएका सांसद र जन प्रतिनिधिहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्ने बताएको छ ।

परिषदका प्रवक्ता योशीतोमो सवादाले पत्रकारहरूलाई भने, ‘हामी यस्तो प्रणालीमा काम गर्न चाहन्छौं जहाँ परिषदका सदस्यहरूले बैठकहरूमा आफ्ना बच्चाहरूसहित सहभागी हुन पाउँछन् ।’  ओगाटा सात महिनाअघि छोरालाई जन्म दिएपछि पहिलो पटक गत बुधवार नगरपालिकाको अधिवेशनमा उपस्थित भएकी थिइन् ।

उनले पत्रकारहरूलाई बताए अनुसार उनले परिषदको सचिवालयलाई पटकपटक छोरालाई बैठकहरूमा आफूसँगै राख्न अनुमति दिन वा दिवा बाल हेरचाह केन्द्रको व्यवस्था गर्न आग्रह गरेकी थिइन् ।

“म यो परिषदलाई यस्तो ठाउँ बनाउन चाहन्थें जहाँ बालबच्चा हुर्काइरहेका महिलालेपनि धेरै राम्रो काम गर्न सकून्,” उनले स्थानीय पत्रिकालाई भनिन् ।

जापानमा लैंगिक भूमिका र जिम्मेवारी अझैपनि धेरै परम्परागत शैलीको छ। धेरै महिलाले विवाह गरेपछि र बच्चा पाएपछि आफ्नो पेशा त्यागेका छन् ।

यो देशमा लैंगिक विभेद ठूलै छ। वल्र्ड इकोनोमिक फोरमको सन् २०१७ को विश्व लैंगिक विभेद प्रतिवेदनमा १४४ देशहरूबीच तुलना गर्दा जापान ११४ औं स्थानमा परेको छ ।
साभारः बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: