पहिलो चरणको निर्वाचनमा ३६ महिला चुनावी मैदानमा (नामसहित)


प्रकाशित मिति :2017-11-26 12:43:27

–महिला खबर–

काठमाडौं । पहिलो चरणको निर्वाचन अन्तरगत आज भइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिला चुनावी मैदानमा छन् ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि ३१ लाख ९१ हजार ९४५ मतदाताले भोट हाली आफ्नो जनप्रतिनिधिको चयन गदैछन् ।

आज बिहान ७ बजेदेखि ३२ जिल्लामा सुरु भएको पहिलो चरणको निर्वाचनमा मतदाताहरू त्रास र चिसो मौसमको प्रवाह नगरी मतदान केन्द्रमा लाम लागि भोट हालिरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ७०२ जना चुनावी परीक्षामा छन् । जसमा प्रतिनिधि सभातर्फ १६ महिला महिला चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाका लागि ठुला दलबाट ३ जना महिला मात्र चुनावी मैदानमा छन् ।

त्यसैगरी प्रदेशसभातर्फ २० जना महिला चुनावी मैदानमा उत्रिएका छन् । जसमा छ जना महिला ठुला दलबाट छन् ।

आयोगका अनुसार कार्तिक ५ गते प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ २३ गरी जम्मा ४१ जना महिलाको उम्मेदवारी परेको थियो । पाँच महिलाले उम्मेदवारी फिर्ता लिएपछि अहिले ३६ महिला उम्मेदवार मात्र चुनावी परिक्षामा छन् ।

पहिलो चरणको निर्वाचनका लागि २ हजार ९ सय १९ निर्वाचन स्थल र ४ हजार ४ सय ६५ निर्वाचन केन्द्र तोकिएका निर्वाचन आयोगले जनाएको छ ।

चुनावी परीक्षामा रहेका महिला उम्मेदवारहरु

पहिलो चरण– प्रतिनिधिसभा

रुकुम पूर्व क्षेत्र नं १ः कमला रोका, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०
खोटाङ्ग क्षेत्र नं १ः सरस्वती वजिमय, नेपाली काँग्रेस
बागलुङ क्षेत्र नं १ः चम्पा देवी खड्का, नेपाली काँग्रेस
पाँचथर क्षेत्र नं.१ः शान्ती माया लिम्बु (शिगु) एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
ओखलढुंगा क्षेत्र नं.१; कुन्तादेवी खत्री, राष्ट्रिय जनमोर्चा
रामेछाप क्षेत्र नं.१ः रितामाया कार्की, राष्ट्रिय जनता पार्टी नेपाल
रसुवा क्षेत्र नं.१ः शर्मिला थापा क्षेत्री स्वतन्त्र
रसुवा क्षेत्र नं.१ः सिदर याङजेन लामा, स्वतन्त्र
धादिङ्ग क्षेत्र नं.२ः राममाया परियार, नेपाली जनता दल
धादिङ्ग क्षेत्र नं.२ः चन्द्रिकादेवी लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
नुवाकोट क्षेत्र नं.१ः एलिसा थापा, स्वतन्त्र
नुवाकोट क्षेत्र नं.२ः लक्ष्मी मुडभरी चौलागाई, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
सिन्धुपाल्चोक क्षेत्र नं.१ः साङ डोल्मा तामाङ लामा, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
रोल्पा क्षेत्र नं.१ः पुजा परियार, राष्ट्रिय जनमुक्ति पार्टी
हुम्ला क्षेत्र नं.१ः देबकी शाही, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
बझाङ क्षेत्र नं.१ः कल्पना भण्डारी, राष्ट्रिय जनमोर्चा

प्रदेशसभा

म्याग्दीः नरदेवी पुन मगर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नुवाकोटः राधिका तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखाः कमला नहर्की, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बझाङ्गः देवकी मल्ल थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
ताप्लेजुंगः लिला देवी वोखिम लिम्बू, नेपाली काँग्रेस
बझाङः चन्द्रादेवी जोशी, नेपाली काँग्रेस
ताप्लेजुंग क्षेत्र नं. २ः सपना सामेखाम, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
संखुवासभा क्षेत्र नं.१ः राज कुमारी गुरुङ्ग, राष्ट्रिय जनता पार्टी नेपाल
सोलुखुम्बु क्षेत्र नं.१ः चोलामाया वस्नेत, संघीय समाजवादी फोरम, नेपाल
सोलुखुम्बु क्षेत्र नं. २ः प्रेम कुमारी राई(बस्नेत), राष्ट्रिय जनता पार्टी नेपाल
ओखलढुंगा क्षेत्र नं.१ः सन्जमाया राई, राष्ट्रिय जनमोर्चा
दोलखा क्षेत्र नं.१ ‘क’; वृहस्पति गोले, स्वतन्त्र
रसुवाः राधिका पौडेल, नेपाल मजदुर किसान पार्टी
नुवाकोटः सुनीता थोकर, स्वतन्त्र
नुवाकोटः रिता ओझा, स्वतन्त्र
सिन्धुपाल्चोकः एलिना तामाङ, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
गोरखाः गोमा देवी कार्की, संघीय समाजवादी फोरम, नेपाल
गोरखाः तारा परियार, राष्ट्रिय जनमुक्ति पार्टी
गोरखाः रसा कुमाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल
मुगुः हिरमति बि.क., नयाँ शक्ति पार्टी नेपाल

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: