श्रीमतीको भोट श्रीमानले हाल्न खोज्दा विवाद


प्रकाशित मिति :2017-11-26 14:44:57

-महिला खबर-

बझाङ । बझाङ्मा श्रीमतीको भोट श्रीमानले हाल्न खोजेपछि विवाद भएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ८ मा रहेको शैलेश्वरी निमावि मतदान केन्द्रमा श्रीमतीको भोट आफैले हालिदिन खोजेपछि विवाद भएको प्रहरीले जनाएको छ ।

स्थानीय देवराज पाध्यायले आफ्नी श्रीमतीको भोट आफूले हालिदिन खोजेको थाहा पाएपछि नेकपा एमाले निकट व्यक्तिहरूले विरोध गरेका थिए ।

एमालेका कार्यकर्ताले मतदाता जो हो उसैले मात्रै मतदान गर्न पाउनुपर्छ भन्दै विरोध गरेपछि नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप समेत भएको जनाइएको छ ।

विवादका कारण केही समय मतदान स्थल तनावग्रस्त भए पनि देवराज पाध्यायकी श्रीमती आफैले मतदान गरेपछि विवाद साम्य भएको र अहिले शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया भइरहेको त्यहाँबाट पत्रकार डी.बी विष्टले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: